भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मन्त्रालयले लियो टेकु अस्पतालका डाक्टर पुनको स्पष्टीकरण

मन्त्रालयले लियो टेकु अस्पतालका डाक्टर पुनको स्पष्टीकरण

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गरेको छ । लिखित स्पष्टीकरण सोध्दै मन्त्रालयमा बोलाएर उनलाई कारवाही गरेको हो ।

कोरोना भाइरसको उपचार हुने मुख्य अस्पतालका रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई मौखिक रुपमा बोलाउँदा उपस्थित नभएपछि मन्त्रालयमा बोलाइएको हो । डा. पुनलाई कोरोना भाइरसबारे विभिन्न ठाउँमा बोलेकाले प्रष्टिकरण सोधिएको स्रोतले दाबी गरेको छ ।

महामारीका विषयमा बोलेको भन्दै स्वास्थ्य तथा जनसंख्या उच्च तहकै निर्देशनमा उनलाई कारबाही गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.