भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

मित्र काफ्ले विआरएसी क्यानडाको निर्देशक नियुक्त

मित्र काफ्ले विआरएसी क्यानडाको निर्देशक नियुक्त

९ बैशाक २०७७ काठमाण्डाैं । क्यानडामा रहनु भएका मित्र काफ्ले विआरएसीको निर्देशक नियुक्त हुनुभएको छ । काफ्ले विआरएसीका सभापति कुरियन प्राक्कनमद्वारा संस्थाको निर्देशक नियुक्त हुनुभएको हो ।

लामो समयसम्म उद्धमीको रुपममा काम गर्नुभएका काफ्ले जग्गाको लगानीकर्ता, सामाजिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योग्दान गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।

काफ्लेले महिला शसक्तिकरण, बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्टिय राजनीतिको क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आउनुभएको छ । गैर नेपाली NRN क्यानाडाका संस्थापक ( Founder ), ANA को पास्ट भाइस President, पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशन (जिटिए) को अध्यक्ष समेत भएर कार्य अनुभव बटुलिसक्नु भएकाे छ ।

ब्रम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लव (चार्टर), क्यानाडा पहिलो संस्थापक सभापति, विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक, सिमा विहीन अन्तर्राष्टिय (शाखा) को प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य सम्पादनको अनुभव समेत संगाल्नु भएको छ ।