भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

लेखा व्यवस्थापनलाई व्यवस्थित बनाउन दैलेखमा दुई दिने तालिम सम्पन्न

दैलेख । कर तथा लेखा व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन दैलेखमा दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ काठमाडौं, उद्योग बाणिज्य संघ दैलेख र उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजना तथा आन्तरिक राजश्व कार्यालय सुर्खेतको समन्वयमा जिआइजेडको आर्थिक सहयोगमा सम्पन्न दुई दिने तालिम सदरमुकाममा सम्पन्न भएको हो ।

दैलेख बजार र आसपासका क्षेत्रबाट गरी ६०, ७० जना स्थानीय तहका उद्यमी व्यवसायिकोे सहभागितामा सम्पन्न तालिममा बोल्दै उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबाहादुर विश्वकर्माले तालिमले उद्यमीको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । आफु विरामी भएर केही समय उद्योग बाणिज्य संघको काम काजको सम्पादनमा कमी आएपनि अबका दिनमा चुस्त रुपमा कार्य सम्पादन हुने बताए ।

अध्यक्ष विश्वकर्माले आफ्नो कार्यकालमा दैलेखी जनताले सुम्पेको जिम्मेवारीलाई गहन ढंगले अगाडि बढाउने भन्दै दैलेखको नाम उच्च राख्नमा आफ्नो क्षेत्रबाट निरन्तर लाग्ने बताए । इमान्दारीताका साथ दैलेखी जनताको मायालाई शिरोधार्य गर्दै सफलताको कसीमा पु¥याउन लाग्ने विश्वकर्माले बताए ।

कायक्रममा कर तथा लेखा व्यवस्थापन सम्बन्धीको तालिमले विभिन्न विषय वस्तुका बारेमा जानकारी पाइएको सहभागिले बताए । उनीहरुले कर तथा लेखा व्यवसथापनका बारेमा पाएको जानकारीले कार्यसम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा प्रमुख कर अधिकृत जग्गुलाल खराल, बरिष्ठ चार्टर एकाउन्टेन्ट ज्ञानेन्द्र बहादुर भारी, नेपाल उद्योग बाणिज्य महासंघका लेखा प्रमुख सूर्य प्रसाद पौडेललगायतले कर तथा लेखा व्यवस्थापन सम्बन्धी विविध विषयमा प्रकाश पारेका थिए ।

सहभागिलाई प्रशिक्षक योजना सिह क्षेत्री, चार्टर एकाउन्टेन्ट ज्ञानेन्द्र बहादुर भारीले प्रशिक्षण दिएका थिए । उद्योग बाणिज्य संघका पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको कार्यक्रममा सहभागिलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.