भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

विकृति विरुद्ध नलडेसम्म रुढीवादको अन्त्य नहुने : विश्वकर्मा

विकृति विरुद्ध नलडेसम्म रुढीवादको अन्त्य नहुने : विश्वकर्मा

दैलेख । समाजमा रहेका विभिन्न विकृति, विसङ्गति विरुद्ध नलडेसम्म रुढीवादको अन्त्य नहुने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिह विश्वकर्माले बताएका छन् । समाजको हेपाहा प्रवृति र विकृतिको सिकार बनाइएका समुदाय सचेत र संगठीत नभए सम्म यसले जरागाडेर बस्ने उनको दावी छ ।

नेपाल क्रान्तिकारी महिला संघ आठबीस नगरपालिका वडा नं. ९ ले छेपाडीमा आयोजना गरेको ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले यस्तो विचार व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विश्वकर्माले आफ्नो हक अधिकारका लागि गाउँ गाउँमा नेक्रामसंघले खेलेकाे भुमिकाकाे प्रसंसा समेत गरे ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष धनवहादुर सिजापतिले नेपाली समाजमा रहेका विभिन्न अमानवीय क्रियाकलाप विरुद्ध नेक्रामसंघ सक्रिय भएर लाग्नु पर्ने बताए । शिक्षक दलबहादुर सिजापतिले समाजमा खराव चालचलनले जरा गाडेर बसेकाले यसको अन्त्यका लागि रचनात्मक कार्य गरेर सबै जागरुक बन्नु पर्ने बताए ।

त्यस्तै मानिसका असावधानीका कारण समाजले ठूलो क्षेति बेहोर्नु पर्ने हुँदा विश्वमा फैलिएको कोरोना भाइरस र यसको संक्रमणबाट बच्नु पर्ने नेक्राशिसंघ दैलेखका सचिव डा. कृपाराम विश्वकर्माले बताए ।

नेक्रामसंघ ९ नं. वडाका अध्यक्ष धनसरा कामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य कलम बडुवाल, महिला सदस्य देउधरी कामीलगायत शिक्षक, विद्यार्थी, महिला, किसानको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.