भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

विदेशी हात्ती हटाएर हजारको नोटले ल्यायो नेपाली हात्ती

विदेशी हात्ती हटाएर हजारको नोटले ल्यायो नेपाली हात्ती

७ साउन २०७७ काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखेको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो बुधबारदेखि हटाइएको छ ।

२०६५ सालमा चितवनमा जन्मिएका जुम्ल्याहा हात्तीको तस्बीर हाल बजारमा आएको नोटमा समेटिएको छ । ती हात्तीको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो । २०६९ सालको मंसिर महिनामा बजारमा केही नयाँ नोट छाप्न दिनुपर्ने अवस्था आएकाले नोट तथा सिक्का डिजाइन समितिको बैठक बसेको थियो ।

त्यतिबेला समितिका संयोजक तत्कालीन गभर्नर डा। युवराज खतिवडा थिए भने डेपुटी गभर्नर थिए महाप्रसाद अधिकारी ।सो समितिले २०७० सालमा नै निर्णय गरेको भए पनि मन्त्रिपरिषदले निर्णय गर्नेदेखि छपाइ प्रक्रिया सुरु गर्नेसम्मको प्रक्रियामा नै ढिलाइ भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.