भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

संक्रमितको संख्या २९१ पुग्यो, कोरोनाबाट मृत्यु भएकी उनी टोखाबाट हिडेरै अस्पताल पुगेकी थिइन्

संक्रमितको संख्या २९१ पुग्यो, कोरोनाबाट मृत्यु भएकी उनी टोखाबाट हिडेरै अस्पताल पुगेकी थिइन्

४ जेष्ठ २०७७ काठमाडौं । नेपालमा पहिलो कोरोनाबाट संक्रमित व्यक्ति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको पशुपतिस्थित विद्युतीय शव दाह गृहमा अन्त्यष्टि गरिएको छ ।

सुत्केरी भएको ९ दिनेमा उनी स्वास्प्रश्वासबाट ग्रसित भइन् उपचारका लागि अस्पताल पुगिन् । अस्पतालले स्वाब नमूना लियो । शंकासपद स्वाव भएकाले दोहोर्‍याएर परीक्षण ग¥यो । फेरी पनि परिक्षण गर्दा कोरोनाकै कारण मृत्यु भएको पुष्टि भयो ।

स्वास्थ्य मन्त्रालयले शनिबार राति उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गर्दै यस रोगबाट मृत्यु हुने उनी पहिलो नेपाली भएको जानकारी दियो । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वार्ड नम्बर ९ राम्चे घर भएकी उनी लकडाउनको बेला नियमित जाँचका लागि काठमाडौंको टोखामा बसेको खुलेको छ ।

चैत ११ गतेबाट लकडाउन घोषणा गरेपछि उनी टोखा नगरपालिका–९ गोंगबुस्थित डेरामा बस्दै आएकी थिइन् । एक जना बैशाख २३ गते गोंगबुदेखि हिँडेरै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी उनी २४ गते अस्पतालमै बच्चा जन्माएकी थिइन् ।

सुत्केरी भएपछि सिन्धुपाल्चोक जानुअघि उनी काठमाडौं टोखास्थित आफन्तकहाँ पुगेको आफन्तले जनाएका छन् । उनी पुगेको टोखाको सो घर शनिबार राती देखि सिल गरिएको छ । २५ वैशाखमा उनलाई एम्बुलेन्सबाट बाह्रविसे नगरपालिकाको वडा नम्बर ९ राम्चेमा रहेको घर लगिएको थियो ।

सिन्धुपाल्चोक पुगेदेखि नै उनलाई ज्वरो आइरहेको जनाइएको छ । सुत्केरीका कारण हुनसक्छ भनेर सामान्य रुपमा लिइयो । तर दुईदिनसम्म पनि ज्वरो कम भएन । ठिक नभएपछि उनलाई घर नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि धुलिखेल रिफर गरिएको थियो । बिहीबार बेलुका धुलिखेल अस्पताल पुर्‍याएर उपचार सुरु गर्न नपाउँदै महिलाको मृत्यु भएको अस्पतालले जानकारी दियो । ‘स्वास फेर्न कठिन, खोकी लाग्ने र बोली समेत बसेको अवस्थामा हतारहतार उपचार शुरु गरियो तर उपचार पुरा हुन नपाउँदै उनको मृत्यु भयो ।

बिहीबार राती नै मृत्यु भएको भएपनि अस्पतालले उनको स्वाव निकालेर पुन परीक्षण गरेको थियो । धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएपछि फेरि यकिन गर्नको लागि स्वाव राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइको थियो ।

टेकु अस्पतालको ल्याबले पनि कोरोना पोजिटिभ रिपोर्ट दिएपछि स्वास्थ्य मन्त्रालयले शनिबार राती विज्ञप्ती जारी गरेरउनको कोरोनाको कारण नेपालमा पहिलो मृत्यु भएको पुष्टी ग¥यो । अहिले उनको माइती गाउँ भट्टे र राम्चे दुबै क्षेत्र सिल गरिएको छ ।

यता ती महिलामा कहाँबाट कोरोना सर्यो भन्ने कुरा केही खुल्न सकेको छैन । वागमती प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सिन्धुपाल्चोक जिल्लामा आवात जावतमा रोक लगाएको छ ।सामाजिक विकास मन्त्री सरद दुलालले दुई वटा गाउँ सिल गरिएको बताए ।

यता टोखा नगरपालिकाका केही क्षेत्र पनि सिल गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी उनी अस्पतालबाट डिस्चार्ज भई टोखा पुगेको खुलेसँगै सिल गरिएको नगरपालिकाले जनाएको छ । नेपालमा अहिले सम्म कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । थप १० जनामा संक्रमण पुष्टी भएको हो ।

 


Thali Mobile Pvt.Ltd.