भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अझै बुझाएनन् सम्पत्ति विवरण

अझै बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । आफ्नो सम्पत्ति विवरण चालु आर्थिक बर्ष २०७९–८० मा नौ हजार ५९० जनाले अझै पेश गरेका छैनन् । आर्थिक बर्ष २०७९–८० को सम्पत्ति विवरणको तथ्याङ्कअनुसार राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको ती व्यक्तिले सम्पत्ति विवरण पेस नगरेको देखिएको हो ।

सम्पत्ति विवरणसम्बन्धी केन्द्रलाई प्राप्त भएको सात लाख २८ हजार ७४७ जनामध्ये सात लाख १९ हजार १५७ जनाले सम्पत्ति विवरण बुझाएका छन् । जुन ९८.६८ प्रतिशत हो । आर्थिक बर्ष २०७७–७८ को तुलनामा चालु आर्थिक बर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या ०.८९ प्रतिशत बढेको केन्द्रले जनाएको छ ।

संघीय तहमा चार लाख ५९ हजार २२८ जनाको सम्पत्ति विवरण प्राप्त हुँदा ९८.५५ प्रतिशत, प्रदेश तहमा १५ हजार ७८५ जनाको प्राप्त हुँदा ९३.६१ प्रतिशत र स्थानीय तहमा दुई लाख ५३ हजार ७३४ जनाको तथ्याङ्क प्राप्त हुँदा ९९.२४ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन् ।

अघिल्लो बर्षभन्दा यस बर्ष प्रदेश तहमा करिब चार हजार र प्रदेश तहमा २७ हजार बढीको तथ्याङ्क प्राप्त भएको सतर्कता केन्द्रले जनाएको छ । केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धहान आयोगसमक्ष उक्त प्रतिवेदन पेश गरेको छ । पेश भएको प्रतिवेदनमा अघिल्लो आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा सम्पत्ति विवरण पेश गर्नेको संख्या केही बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.