काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सातौंपटक विस्तार हुँदा पनि पूर्णता पाउन सकेको छैन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको हो ।
सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा र कांग्रेसभित्रको आन्तरिक विवादले मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको जनाइएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सातौं पटक पनि मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका हुन्।
पुस ११ गते पहिलोपटक मन्त्रिमण्डल विस्तार गरेका प्रचण्डले माघको ३, १४ र २३ गते मन्त्रिपरिषद विस्तार गरेका थिए। त्यसपछि पाँचौं र छैटौं पटक फागुन १४ र १६ मा कार्यविभाजन हेरफेर भएको थियो।
कांग्रेसको भागमा परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीबाट एक, एक मन्त्रालय अझै रिक्त छन् ।
जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले रोजेको मन्त्रालय नपाएपछि राजीनामा दिएका छन् । उद्योग मन्त्रालयमा दावी गर्दै आएका खानले त्यो मन्त्रालय नपाएपछि राजीनामा दिएका हुन ।
प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल
पूर्णबहादुर खड्का–उपप्रधान तथा रक्षा मन्त्री
नारायणकाजी श्रेष्ठ–उपप्रधान तथा गृहमन्त्री
डा. प्रकाश शरण महत–अर्थ मन्त्री
शक्ति बस्नेत–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
बेदुराम भुसाल–कृषि तथा पशुपंक्षी विकास मन्त्री
रञ्जिता श्रेष्ठ–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
रमेश रिजाल–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
रेखा शर्मा–सञ्चार तथा सूचना प्रविधि मन्त्री
सुदन किराती–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
अमनलाल मोदी–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
प्रकाश ज्वाला–भौतिक पूर्वाधार तथा यातायात मन्त्री
अशोक राई–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
शरद सिंह भण्डारी–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
महिन्द्र राय यादव–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
सीता गुरूङ–शहरी विकास मन्त्री
प्रचण्डसँग रहेका मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
खानेपानी मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
