भक्तपुर । शुहारी सोतोकान करातेका सस्थापक अध्यक्ष सेन्सी काटसु यूकेले भक्तपुरका खेलाडीलाई तालिम दिएको छ । नेपाल शुहारी सोतोकान कराते महासंघको आयोजनामा भएको एक दिने सेमिनार तथा ट्रेनिङ क्याम्पमा खेलाडीलाई तालिम दिएको हो ।
आगामी दिनमा नेपाल शुहारी सोतोकान करातेलाई देशका कुना कुनामा पुर्याउने उदेश्यले सेमिनार गरिएको सस्थापक अध्यक्ष अभय मोक्तानले बताए । राष्ट्रिय खेलकुद परिषदका वोर्ड मेम्वर तथा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरूङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख गुरू तथा अन्तराष्ट्रि शुहारी सोतोकान करातेका सस्थापक अध्यक्ष सेन्सी काटसुले ४० जना सहभागी खेलाडीलाई निकै मेहनतका साथ खेलका कला प्रर्दशन गरि प्रशिक्षित पारेका थिए ।
सिद्धिदास सेकेण्डरी स्कुल र नेपाल शुहारी सोतोकान कराते संघ सहआयोजक रहेको कार्यक्रमका सभापति लोकेन्द्र अर्यालले खेल जगतमा युकेबाट आएर प्रशिक्षण दिएकोमा सेन्सीलाई धन्यवाद दिए । खेलाडीले मेहनत, अनुशासन र परिश्रमलाई संगै अगाडी बढाएमा खेलको भविष्य सुन्दर हुने शुहारी कराते नेपालका संस्थापक अभय मोक्तानले बताए ।
नेपालमा आएर खेलाडीलाई आफ्नो शिप सिकाउन पाँउदा हर्षित र गौरवान्वीत भएको सेन्सीले बताए । कार्यक्रममा खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने खेलाडी, पत्रकार, विभिन्न सस्थाका व्यक्तित्वलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...