५ असार २०७७ शुक्रबार काठमाडाैं । सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । शुक्रबार गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।
मापदण्ड कडाइका साथ पालना गराउन मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पनि दिएको छ । गृहमन्त्रालयले जारी गरेको निर्देशिका अनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ आदि कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
यस्तै अनुमति प्राप्त अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिहरूले न्यूनतम दुई मिटर सामाजिक दूरी कायम गर्ने, तोकिएको वा भारतबाहेक अन्य मुलुकबाट नेपाल प्रवेश गर्नेको हकमा स्वेच्छिक क्वारेन्टिन वा होटल क्वारेन्टिन सार्वजनिक शान्ति र सुव्यवस्थालाई समेत पालना गरी बस्नुपर्ने, बस्दा समेत तोकिएको सामाजिक दूरी कायम गर्नु, गराउनुपर्ने गृहमन्त्रालयले निर्देशन जारी गरेको छ ।
मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ । उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन ।
यस्तै, गृहले ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गराउने पनि बताएको छ ।सरकारले कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...