काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले आर्जन गरेको चार करोड ६८ लाख ४८ हजार अवैध सम्पत्ति अख्तियारले छानबिन गर्दै छ । उपसचिव ढुंगानाले सार्वजनिक पदको दुरूपयोग गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको आधारमा छानबिन गर्न लागेको हो ।
छानबिनका क्रममा ढुंगानाले करिब पौने पाँच करोड अवैध सम्पत्ति आर्जन गरेको भेटिएको छ। ढुंगानाले निजामती सेवा प्रवेश गरेको मिति १९ साउन ०४९ देखि ३२ असार ०७५ सम्मको सम्पत्ति अख्तियारले छानबिन गरेको थियो । यस अवधिमा उनले आर्जन गरेको वैध सम्पत्ति ७९ लाख ५४ हजार रुपैयाँ मात्र रहेको जनाएको छ । तर, छानबिनमा उनीसँग पाँच करोड ३५ लाख रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।
नखुलेको चार करोड ६८ लाख सम्पत्ति ढुंगानाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको कालोधन ठहर गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ढुंगानाले गैरकानुनी रूपमा आर्जन गरेको चार करोड ६८ लाख जफत गरी पाउन मागदाबी समेत गरेको छ । स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा समेत राखिएको पाइएपछि अख्तियारले त्यस्तो दाबी गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...