भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नेपाल–भारत सीमा निरीक्षणमा निस्कियाे कूटनीतिक टाेली

नेपाल–भारत सीमा निरीक्षणमा निस्कियाे कूटनीतिक टाेली

काठमाडौं । नेपाल–भारत सीमा निरीक्षण गर्न कूटनीतिक तथा नापीसम्बन्धी प्राविधिक टोली स्थलगत अध्यनमा निस्किएको छ। भारतीय नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी राखेपछि नेपाल सरकारले स्थलगत अध्ययनका लागि सीमा निरीक्षण समिति गठन गरेर भारत र चीन दुवैतर्फको सीमा निरीक्षण गर्न अध्यनमा निस्किएको हो ।

प्रतिकूल मौसमका कारण भारततर्फका सीमा निरीक्षण तथा अवलोकनका लागि टोली प्रस्थान गरेको छ। निरीक्षण समितिको नेतृत्व परराष्ट्रका भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखाका प्रमुख यज्ञबहादुर हमालले गरेका छन्। टोलीमा नापी विभागका महानिरीक्षक प्रकाश जोशी पनि छन्। नेपाल–भारतको सीमातर्फ कालापानी र सुस्ताबाहेकको सीमा क्षेत्रमा सीमांकन भइरहेको छ।

यसैविच दार्चुलादेखि ताप्लेजुङसम्मको नेपाल–भारतको सीमाको १ हजार ८ सय ८० किलोमिटर दुरीमध्ये दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक तथा सुस्तामा विवाद छ । भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा ३९५ वर्गकिलोमिर र सुस्तामा १४ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरिरहेको छ।

भारतले अतिक्रमण गरेको भूभागका सम्बन्धमा सन् २०१४ नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट टुंग्याउने सहमति भएको थियो। तर भारतीय पक्षको बेवास्ताका कारण संयन्त्रको बैठक अहिलेसम्म बसेको छैन। यता सीमा विवाद हुदा नेपाली आन्दोलित समेत भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.