भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आईजीपी : ज्ञवालीको विदाइ गरिँदै, थापाले कार्यभार सम्हाल्दै

आईजीपी : ज्ञवालीको विदाइ गरिँदै, थापाले कार्यभार सम्हाल्दै

२४ असार२०७७ काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण नेपाल प्रहरीका प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले अवकाश पाउँदैछन् । ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्याय पनि अवकाश पाउन लागेका छन् ।

०४९ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्री अब प्रहरीको नेतृत्व समाल्न लागेका छन् । सरकारले आईजीपीमा थापा नियुत्त गरिसकेको छ । प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बुधबार साँझ ५ बजे ज्ञवालीको विदाइ गरिदैछ । उनको विदाईपछि बिहीबार थापालाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिने बताईएको छ ।

ज्ञवाली २८ माघ २०७६ मा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका थिए । चर्चित निर्मला पन्त हत्या प्रकरणमा छानविनमा संलग्न भएपनि अनुसन्धानले गति लिनसकेन । प्रहरीको सरुवा–बढुवामा राजनीतिक दाउपेच हुनेगरेकाले ‘स्ट्याण्ड’ लिने ठाँउ नभएको कुरा बाहिर आउने गरेको छ । त्यस्तै ज्ञवालीमाथि बालुवाटार र गृह मन्त्रालय हाबी भएको प्रहरी प्रधान कार्यालयका अधिकृतले बताए।

 


Thali Mobile Pvt.Ltd.