काठमाडौ । कोरोनोभाइरसका कारण मर्नेहरुको संख्याका २ सय १३ पुगेको छ । यसबाट संक्रमितको संख्या ९ हजार ८ सय ९ जना पुगेको छ । १ लाख २ हजार जनालाई सम्भावित संक्रमणको आशंकामा चिकित्सकले निगरानीमा राखेर उपचार गरिरहेका छन् ।
चीनको वुहानबाट उत्पत्ति भएको मानिएको नोबेल कोरोनाभाइरसको संक्रमणले यतिखेर चीनका ३१ वटै प्रान्तलाई चपेटमा लिएको छ । महामारीकै रुपमा विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ)ले यसलाई जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमित संख्या १ सय ४० पुगेको छ । तीमध्ये ६ वटा अमेरिकामा, दुई वटा बेलायतमा र, रुसमा पनि कोरोनाभाइरसका संक्रमित फेला परिसकेका छन् ।कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने वा कम गर्ने प्रयासको सिलसिलामा अहिले चीनका विभिन्न शहरहरुमा विगत एक हप्तादेखि ६ करोड जति मानिसहरु आंशिक या पूर्णतः आवातजावातमाथिको प्रतिबन्ध खेपिरहेका छन् ।
कोरोना भाईरसको संक्रमणका डरले वुहान लगायत चीनका कतिपय शहर सुनसान बनेका छन् । कोरोनाबाट बच्न मानिसहरु घरभित्रै आफूलाई ‘कैद’ गरेर बसेका छन् । यसैबीच संसारभरि नै सबैभन्दा बढी मास्क उत्पादन गर्ने देशमा चीनले यतिबेला चीनले नै टर्कीबाट २० करोड मास्क मगाएको छ ।
वुहान भाइरसको संक्रमणलाई रोक्न चीनले विगत १० दिनमा त्यति ठूलो संख्यामा मास्क मागाएको हो । मास्कको मागका कारण यतिखेर टर्कीका मास्क उत्पादक कम्पनीहरु २४ सै घण्टा र हप्ताको सातै दिन मास्क उत्पादनमा लागिरहेका छन् ।
निर्यातमा प्रतिबन्ध
भारतले मास्क र कपडाहरु जस्ता व्यक्तिगत सुरक्षाका सामग्रीहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ । उसले कोरोनाभाइरसको महामारी विश्वभरि नै फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालेको हो । त्यस्तै ग्वाटेमालाको सरकारले चीनबाट आएका मानिसहरुलाई यात्रा गर्नमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
त्यसैगरी, विगत १५ दिनदेखि चीनमा रहेका मानिसहरुलाई पनि मुलुकको बन्दरगाहा, हवाइअड्डा, स्थल मार्गहरुबाट प्रवेश गर्न प्रतिबन्ध लगाइने भएको छ । त्यसैगरी फ्रान्सको पाश्चर इन्स्टिच्यूट फाउण्डेसनले आगामी २० महिनाभित्रमा वुहान नोबेल कोरोनाभाइरसका विरुद्ध खोप बनाउने लक्ष्यका साथ एउटा विशेष टीम तयार गरेको छ ।
उता जर्मनीका अनुसन्धान मन्त्रीले कोरोनाभाइरस विरुद्ध केही महिनाभित्र खोप बन्न सक्ने आशा व्यक्त गरेकी छिन् । यता
पाकिस्तानले चीनमा स्थलगत अस्पताल तथा डाक्टरहरुको एउटा समूह पठाउने प्रस्ताव गरेको छ । पाकिस्तानको विदेश मन्त्री मकदुम शाह कुरेशीले आफ्ना समकक्षी वाङ यीसँग कुराकानी गर्दै यस्तो प्रस्ताव गरेका हुन ।
उता अमेरिकाको डेल्टा एयरलाइन्स इंकले अमेरिका–चीनका सबै उडानहरु स्थगित गरेको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले कोरोनाभाइरसका विरुद्ध ट्राभल एडभाइजरीलाई कडाइका साथ जारी गरेपछि विमान कम्पनीले सो कदम चालेको हो ।
त्यस्तै भियतनाम एरलाइन्सले पनि चीनका लागि आफ्ना सबै उडानहरुलाई आगामी हप्तादेखि स्थगन गर्ने जनाएको छ ।यसैबीच चीनले कोरोनाभाइरसलाई लिएर अनावश्यक आतंकित नहुन विश्व समुदायलाई आग्रह गरेको छ । जेनेभामा चीनका राजदूृत चेन झुले सो आग्रह गर्दै सीमा बन्द गर्ने जस्ता कदमहरु लिइबस्नु जरुरी नै नभएको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...