७ जेष्ठ २०७७, काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा सहितको नेपालको नक्सा औपचारिक रुपमा सरकारले सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार नक्सा सार्वजनिक गरेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गरिएकाे हाे ।
भारतले गत कार्तिकमा आफ्नो देशको नक्सा प्रकाशन गर्दा नेपालको लिम्पियाधुरा, कालापानी आफ्नो भू–भागको रुपमा समेटेर प्रकाशन गरेपछि नेपाल सरकारले अाफ्नाे भूमि माथिकाे अतिक्रमण हुन नदिेने जनाएका थियाे ।
मिचिएको आफ्नो भूमि सहितको नक्सा प्रकाशन गर्न चौतर्फी दवाव परेपछि नेपाल सरकारले छिटै मिचिएकाे भूमि फिर्ता ल्याउने बताए अनुसार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत अाज सार्वजनिक गरिएकाे हाे ।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/266641901193817/
संसदको राज्यव्यवस्था तथा सुशासन समिति र अन्तर्राष्टिय सम्बन्ध समितिले सरकारलाई पटक–पटक नेपालको भू–भाग समेटेर नक्सा प्रकाशन गर्न निर्देशन दिएको थियो । गत बैशाख २७ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेरेशन मार्फत नेपालको भूभाग लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले आपत्ति जनाएको थियो ।
परराष्ट्र मन्त्रालयले नेपालसँग विना छलफल नेपालको भूमि प्रयोग गरी सडक निर्माण गरेको भन्दै वार्तामार्फत समाधान खोज्नका लागि कुटनीतिक नोट पठाएको थियो । सरकारले संविधान संशोधन गरेर नेपालको नक्सा, नेपालको निसान छाप आदिमा नेपालको नयाँ नक्सा राख्ने भएको छ ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी भूभाग समेटिनुका साथै ७ सय ५३ स्थानीय तह र नेपालको अन्तराष्ट्रिय सीमा पनि समेटिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...