भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

आफ्नो भूमि सहित नेपालकाे नक्सा सार्वजनिक (भिडियाे सहित)

आफ्नो भूमि सहित नेपालकाे नक्सा सार्वजनिक (भिडियाे सहित)

७ जेष्ठ २०७७, काठमाडौं । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा सहितको नेपालको नक्सा औपचारिक रुपमा सरकारले सार्वजनिक गरेको छ । भूिम व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार नक्सा सार्वजनिक गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गरिएकाे हाे ।

भारतले गत कार्तिकमा आफ्नो देशको नक्सा प्रकाशन गर्दा नेपालको लिम्पियाधुरा, कालापानी आफ्नो भू–भागको रुपमा समेटेर प्रकाशन गरेपछि नेपाल सरकारले अाफ्नाे भूमि माथिकाे अतिक्रमण हुन नदिेने जनाएका थियाे ।

मिचिएको आफ्नो भूमि सहितको नक्सा प्रकाशन गर्न चौतर्फी दवाव परेपछि नेपाल सरकारले छिटै मिचिएकाे भूमि फिर्ता ल्याउने बताए अनुसार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत अाज सार्वजनिक गरिएकाे हाे ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/266641901193817/

संसदको राज्यव्यवस्था तथा सुशासन समिति र अन्तर्राष्टिय सम्बन्ध समितिले सरकारलाई पटक–पटक नेपालको भू–भाग समेटेर नक्सा प्रकाशन गर्न निर्देशन दिएको थियो । गत बैशाख २७ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेरेशन मार्फत नेपालको भूभाग लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले आपत्ति जनाएको थियो ।

परराष्ट्र मन्त्रालयले नेपालसँग विना छलफल नेपालको भूमि प्रयोग गरी सडक निर्माण गरेको भन्दै वार्तामार्फत समाधान खोज्नका लागि कुटनीतिक नोट पठाएको थियो । सरकारले संविधान संशोधन गरेर नेपालको नक्सा, नेपालको निसान छाप आदिमा नेपालको नयाँ नक्सा राख्ने भएको छ ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी भूभाग समेटिनुका साथै ७ सय ५३ स्थानीय तह र नेपालको अन्तराष्ट्रिय सीमा पनि समेटिएको छ ।