भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

उपत्यकाका दुई जिल्ला भक्तपुर २ र काठमाण्डौंमा १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

उपत्यकाका दुई जिल्ला भक्तपुर २ र काठमाण्डौंमा १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

३० बैशाख २०७७, काठमाण्डाैं । नेपालमा मंगलबार साँझ पुन २६ जना कोरोना संक्रमित थपिएका छन् । २५ जनामा नयाँ पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

 

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा जिल्लाका २२, २८, ३२, ४५ र ६० वर्षीय महिला र १६, २२, २४,२५, २८,२८, ३२, ५९, ५५, ६१ र ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

महोत्तरी जिल्लामा १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । त्यस्तै धनुषा जिल्लाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएकोछ ।

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३३ वर्षीया महिला र सर्लाहीमा ४५ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेकोछ ।

मंगलबार बिहान नै मात्र ५७ जनामा कोरोना पुष्टि भएको थियो ।covid-19

 


Thali Mobile Pvt.Ltd.