काठमाडौं । आज उपनिर्वाचन हुँदैछ । संघ, प्रदेश र स्थानीय तहमा विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो ।
उपनिर्वाचन हुने स्थानमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत दिन सक्नेछन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।
