उपराष्ट्रपतिको उम्मेदवारका लागि गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपतिको उम्मेदवारका लागि गठबन्धनको बैठक बस्दै

काठमाडौं । ९ दलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष तहका नेताहरुको बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने भनेपछि गठबन्धनका दलहरूले आपत्ती जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको निर्वाचनका लागि हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.