भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, ८ मंसिर । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा रकम ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।

प्रहरीका अनुसार मलेसिया जाने कामदारसँग स्वास्थ्य परीक्षण तथा जैविक स्वास्थ्य सेवाको नाममा गैरकानुनी रूपमा रकम असुल गरिएको थियो । म्याक्रोटेक प्रालिले स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त परीक्षण गर्न बाध्य बनाएर कामदारबाट रकम उठाएको आरोप छ ।

अनुसन्धानका क्रममा कामदारबाट असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको पाइएको प्रहरीले जनाएको छ । ती निर्णय तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँका ३६ वटा स्वास्थ्य संस्थालाई तोकिएको थियो ।

यस प्रकरणमा पहिलो चरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने रामपुकार तिवारी पक्राउ परेका थिए ।

त्यसपछि मंसिर २ गते पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित थप छ जना पक्राउ परेका थिए । पक्राउ पर्ने अन्यमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ रहेका छन् ।प्रहरीले उनीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार २०७५ सालको अन्त्यतिरदेखि मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल गरिएको थियो । त्यसबेलाको विनिमय दरअनुसार यो रकम नेपाली ३ हजार १६० रुपैयाँ बराबर थियो ।

 


Thali Mobile Pvt.Ltd.