भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

उप निर्वाचन नै प्रभावित हुने गरी कांग्रेसले ओली सरकारको भण्डाफोर गर्ने

उप निर्वाचन नै प्रभावित हुने गरी कांग्रेसले ओली सरकारको भण्डाफोर गर्ने

काठमाडौं । उप निर्वाचनको माहोल नै प्रभावित हुने गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली सरकारको असफलता सार्वजनिक गर्ने भएको छ । वर्तमान सरकारको २१ महिनाको असफलताहरू सार्वजनिक गर्ने काग्रेसले जनाएको छ ।

सरकारको कमजोरी औंल्याउँदै उप निर्वाचनको माहोल आफ्नो पक्षमा पार्ने रणनीति तय गरेको कांग्रेसले भण्डाफोर कार्यक्रम गर्न लागेको हो। मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अहिलको सरकारले जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाउँदै काग्रेसले असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने कार्यक्रम ल्याएको शर्माले बताए । मंसिर १४ गते उपनिर्वाचन यही हुँदैछ । यही निर्वाचनलाई प्रभावित गर्न यस्तो गर्न लागेको चर्चा हुन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.