भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

उमेद्वारकै घरमा बम विष्फोट

उमेद्वारकै घरमा बम विष्फोट

महोत्तरी । पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि उमेदवारी दिएका विक्रम चौधरीको घरमा बम विष्फोट भएको छ । गाउँपालिका वडा न.४ स्थित उनको घरपछाडि बम विष्फोट भएको हो ।

प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालय संचालन गरेका उक्त घरमा विष्फोट भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उपनिर्वाचनको तयारी हेर्न प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विष्फोट भएको स्थानीयले बताए ।

विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको भन्दै महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विष्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.