भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

उवासंघ भक्तपुरले दियो प्रजिअ रिजालको मायाको चिनो

उवासंघ भक्तपुरले दियो प्रजिअ रिजालको मायाको चिनो

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई उद्योग वाणिज्य संघले बिदाई गरेको छ । गृह मन्त्रालयमा सरुवा भएका रिजाललाई मंगलबार एक कार्यक्रमका बीच संघले बिदाई गरेको हो ।

प्रजिअ रिजाललाई खादा ओढाई संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्मान गरे । संघको तर्फबाट मायाको चिनोस्वरुप आँखीझ्याल र जुजु धौसमेत प्रजिअ रिजाललाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रजिअ रिजाल शालिन, भद्र स्वभावको रहेको भन्दै जिल्लास्थित सरकारी कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन खेलेको अहम भूमिकाको उवासंघ भक्तपुरले प्रशंसा गरेको छ । साढे सात महिनाको अवधिमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै प्रजिअ रिजालको कार्यको प्रशंसा गरेको हो ।

जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीको हितमा लागेका कारण छोटो अवधिमा नै प्रजिअ रिजालसँग भक्तपुर उद्योग वाणिज्य संघको आत्मीयता बढेको उनको भनाइ छ । प्रजिअ रिजालले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा नियमित प्रक्रिया रहेको भन्दै आफ्नो कार्यकालमा भक्तपुरवासीले देखाएको न्यानो माया लामो समयसम्म स्मरण भइरहने बताए ।

सो अवसरमा संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जा, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महासचिव दिनेश गोसाईं, कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्गले भक्तपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेजस्तै नयाँ कार्यक्षेत्रमा पनि कुशलतापूर्वक कार्यसम्पादनको शुभकामना व्यक्त गरे ।

गत माघ ११ गते रिजालले भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेका थिए । अब भने गृह मन्त्रालयले भक्तपुरको प्रजिअमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई सरुवा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.