भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

एनएसएलः झापाको पहिलो जित

एनएसएलः झापाको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले पहिलो जित हात पारेको छ । लिगमा आफ्नो पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । लिगको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग हारेको झापाले त्यसपछिका ३ खेल बराबरी खेलेको थियो ।

यो जितसँगै ६ अंक बटुलेको झापा छैटौं स्थानमा उक्लिएको छ । पराजित बुटवल भने ६ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा कायम छ । कप्तान अन्जन विष्टको पासमा जवर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा पुर्‍याएर प्रहार गरेको बल गोल भएको थियो । जारी सिजनमा झापाको यो दोस्रो गोल हो र सान्चेजको पहिलो गोल हो ।

त्यसपछि दुवै टिमले गोलका लागि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् र खेल झापाले जित्यो । ८३ औं मिनेटमा झापाका आवास लामिछानेको पासमा जोर्ज सान्चेजको प्रहार बुटवलका किपर मोहमोदउले बचाउने क्रममा पोष्टमा लागेर फर्कियो । रिबाउन्डमा समिराज थोकरले हानेको हेडर किपरले बचाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.