सिन्धुली । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनको घुइँचो लाग्न थालेको छ । मध्यपूर्वी क्षेत्र सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका श्रद्धालु भक्तजनहरू कमलामाईको पूजा अर्चना गरी भाकल बुझाउन यहाँ आउने गर्दछन् ।
मंसिर महिनामा कमलामाई स्थानमा पूजा अर्चना गरी सामुहिक वनभोज खानेहरुको समेत घुइँचो लाग्ने गरेको छ । धार्मिक तिर्थस्थल आएर शुद्ध भई चोखो मनले कमलामाईको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कमलामाईस्थान आन्तरिक तथा बाह्य पर्यटकको आगमन पनि बढ्न थालेको छ ।
करिब १ हजार ३० वर्ष पहिले स्थापना भएको महत्वपूर्ण धार्मिक तिर्थस्थल कमलामाईस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ । बि.स. १९ सय पछि सिन्धुलीगढीमा बहाल रहेका बडाहाकिमहरुले कमलामाईस्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरेर र विभिन्न सर–सामानहरु चढाएर, कमलामाई स्थानमा सघाउ पुर्याएको उल्लेख रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...