भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कर्णालीमा नौ संक्रमित थपिए ४२ जना डिस्चार्ज भए

कर्णालीमा नौ संक्रमित थपिए ४२ जना डिस्चार्ज भए

सुर्खेत । कर्णाली प्रदेशमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ । पुष्टी हुनेमा जाजरकोट भेरी नगरपापालिका दुई, छेडागाड नगरपालिकाका एक, सल्यान छत्रेश्वरी गाउँपालिका र सुर्खेत वीरेन्द्रनगरका एकरएक जना छन् । यस्तै बाँके नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुरका एकरएक र दैलेख नारायण नगरपालिकाका एकरएक जना छन् रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

संक्रमित नौ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाले आइसोलेशनमा लैजाने तयारी भएको जनाए । पछिल्लो २४ घण्टामा कोभिड–१९ निको भई घर जानेको संख्या ४२ रहेको छ । योसँगै डिस्चार्ज हुनेको संख्या दुईहजार दुई सय ८१ जना छन् । कर्णालीमा हाल तीनसय ११ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.