भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘कर्मचारी अभावमा आठबीस नगरका सेवाग्राहीलाई सास्ती’

‘कर्मचारी अभावमा आठबीस नगरका सेवाग्राहीलाई सास्ती’

दैलेख । कर्मचारी नहुँदा नगरपालिकामा काम गर्न अप्ठयारो परेको आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले बताएका छन् । केहि राजनैतिक दलको रुढीग्रस्त चेतनाले गर्दा परिवर्तन र विकासले फड्को मार्न नसकाे भन्दै नगरपालिकाको समग्र विकासका लागि सवैभन्दा पहिले रुढीगत मानसिक्ता त्याग्नु पर्ने बताए ।

आठबीस नगरपालिकाले जति विकासमा गति लिनु पर्ने हो, त्यो कर्मचारीे अभावका कारण रोकिएको जिकिर गरे। साथै भएका कर्मचारी र आफ्नै सहकर्मीबाट पनि असहयोग हुदा सोचेअनुसारको काम गर्न नसकिएको मेयरको ठम्याई छ । राजनैतिक रुपले मानिस सचेत नहुदा गरेका राम्रा काम नराम्रो हुने, नराम्रो काम, राम्रो हुने भएको भन्दै पहिले वैचारिक र राजनैतिक रुपले सचेत हुनु पर्ने उनको भनाई छ ।

नगरकाे ध्यान

विशेष गरि नगरवासीले शिक्षा, स्वास्थ्य र रोजगारीमा आशा गरेकाले नगरभित्रका बेरोजगार युवालाई रोजगारी दिने नगरपालिकाको उदेश्य रहेको उपाध्यायले बताए । यसका लागि आठबीस नगरपालिकाले मेयर रोजगार कार्यक्रम संचालन गरेर बेरोजगार युवालाई रोजगारी दिने उद्देश्य रहेकाे बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै बेरोजगार यूवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएका भन्दै मेयर रोजगार कार्यक्रम मार्फत बेरोजगारलाई जीवन उपायोगी सिप सिकाउने बताए।

उक्त कार्यक्रम नगरपालिकाका ९ वटै वडामा लागु भएको र बेरोजगार यूवाहरुले रोजगारी पाउने भन्दै युवालाई मोवाईल रिपेयरिङ्ग, ड्राईभिङ, ग्रील उद्योग, व्यापार व्यवसायमा सहयोग गर्ने उपाध्याले बताए । युवाले कुनै पनि व्यापार व्यवसाय गर्नका लागि नगरपालिकाले आर्थिक सहयोग गर्नेछ, सीप सिकाउने छ, जसले गर्दा नगर समृद्धिमा ईट्टा थपिने छ । क्रमागतरुपमा यो कार्यक्रम लागु गरिने भन्दै तालिम पश्चात् परीक्षामा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने र व्यवसाय गर्न चाहनेलाई रोजगारको अवसर समेत दिइने उनको भनाई छ ।

युवालाई विभिन्न तालिमको व्यवस्था मिलाउने र दातृनिकायसंग सहकार्य गरेर अघि बढ्ने विचार व्यक्त गरे । नगरपालिकामा एम्बुलेन्स व्यवस्थापन गर्नुपर्ने पहिलो काम भएको छ । संघले कर्णाली प्रदेशलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्नु पर्ने भन्दै नगरप्रमुख उपाध्यायले कर्मचारी व्यवस्थापन छिटोभन्दा छिटो गरिदिन संघ सरकारलाई आग्रह गरे । संघ, प्रदेश सरकारले किन मौनता देखाएको छ आफुलाई थाह नभएको भन्दै ३९ जना कर्मचारी मध्य जम्मा १३ जना कर्मचारी नगरमा रहेको जानकारी दिए ।

दुर्गममा काम गर्न त्यति सहज नभएको, शिक्षा, स्वास्थ्यलगायतका सवैक्षेत्रबाट विकट रहेको आठबीस नगरपालिकाको बिकास गर्न आफु जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । नगरवासीको जनजिबिकाको सवाल र विकास निर्माणको काममा सबै संग हातेमालो गर्न तयार रहेको भन्दै उनले नगरशिक्षक नियुक्त गरेर पनि नगरको शिक्षा क्षेत्रलाई अगाडी बढाउने बताए ।

स्वास्थ्यको सवालमा नगरपालिकाले एक एमविविएस, एच ए, स्टाफनर्स, अनमि छात्रवृद्धिमा पढाउने बताए । नगरको विकास गर्न आफुबाट केहि कमी कम्जोरी भए सच्याएर अघि बढ्न तयार रहेको भन्दै नगरपालिकाको कुनै पनि गतिविधि वेभसाईडमा हेर्न सकिने बताए ।

नगर प्रमुख उपाध्ययले भने, एक वडा एक कृषीकार्यक्रम मार्फत पनि नगरको खेतीयोग्य जमीन उपयोग गर्दै छौं । नगरको कला सस्कृतिलाई बचाई राख्न नगरभित्रका नृत्य, पञ्चेवाजा, देउडा लगाएतका मेला महोत्सवमा पनि जोड दिएका छौं ।

 


Thali Mobile Pvt.Ltd.