दैलेख । कर्मचारी नहुँदा नगरपालिकामा काम गर्न अप्ठयारो परेको आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले बताएका छन् । केहि राजनैतिक दलको रुढीग्रस्त चेतनाले गर्दा परिवर्तन र विकासले फड्को मार्न नसकाे भन्दै नगरपालिकाको समग्र विकासका लागि सवैभन्दा पहिले रुढीगत मानसिक्ता त्याग्नु पर्ने बताए ।
आठबीस नगरपालिकाले जति विकासमा गति लिनु पर्ने हो, त्यो कर्मचारीे अभावका कारण रोकिएको जिकिर गरे। साथै भएका कर्मचारी र आफ्नै सहकर्मीबाट पनि असहयोग हुदा सोचेअनुसारको काम गर्न नसकिएको मेयरको ठम्याई छ । राजनैतिक रुपले मानिस सचेत नहुदा गरेका राम्रा काम नराम्रो हुने, नराम्रो काम, राम्रो हुने भएको भन्दै पहिले वैचारिक र राजनैतिक रुपले सचेत हुनु पर्ने उनको भनाई छ ।
नगरकाे ध्यान
विशेष गरि नगरवासीले शिक्षा, स्वास्थ्य र रोजगारीमा आशा गरेकाले नगरभित्रका बेरोजगार युवालाई रोजगारी दिने नगरपालिकाको उदेश्य रहेको उपाध्यायले बताए । यसका लागि आठबीस नगरपालिकाले मेयर रोजगार कार्यक्रम संचालन गरेर बेरोजगार युवालाई रोजगारी दिने उद्देश्य रहेकाे बताए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै बेरोजगार यूवालाई रोजगारी प्रदान गर्ने नीति नगरपालिकाले लिएका भन्दै मेयर रोजगार कार्यक्रम मार्फत बेरोजगारलाई जीवन उपायोगी सिप सिकाउने बताए।
उक्त कार्यक्रम नगरपालिकाका ९ वटै वडामा लागु भएको र बेरोजगार यूवाहरुले रोजगारी पाउने भन्दै युवालाई मोवाईल रिपेयरिङ्ग, ड्राईभिङ, ग्रील उद्योग, व्यापार व्यवसायमा सहयोग गर्ने उपाध्याले बताए । युवाले कुनै पनि व्यापार व्यवसाय गर्नका लागि नगरपालिकाले आर्थिक सहयोग गर्नेछ, सीप सिकाउने छ, जसले गर्दा नगर समृद्धिमा ईट्टा थपिने छ । क्रमागतरुपमा यो कार्यक्रम लागु गरिने भन्दै तालिम पश्चात् परीक्षामा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने र व्यवसाय गर्न चाहनेलाई रोजगारको अवसर समेत दिइने उनको भनाई छ ।
युवालाई विभिन्न तालिमको व्यवस्था मिलाउने र दातृनिकायसंग सहकार्य गरेर अघि बढ्ने विचार व्यक्त गरे । नगरपालिकामा एम्बुलेन्स व्यवस्थापन गर्नुपर्ने पहिलो काम भएको छ । संघले कर्णाली प्रदेशलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्नु पर्ने भन्दै नगरप्रमुख उपाध्यायले कर्मचारी व्यवस्थापन छिटोभन्दा छिटो गरिदिन संघ सरकारलाई आग्रह गरे । संघ, प्रदेश सरकारले किन मौनता देखाएको छ आफुलाई थाह नभएको भन्दै ३९ जना कर्मचारी मध्य जम्मा १३ जना कर्मचारी नगरमा रहेको जानकारी दिए ।
दुर्गममा काम गर्न त्यति सहज नभएको, शिक्षा, स्वास्थ्यलगायतका सवैक्षेत्रबाट विकट रहेको आठबीस नगरपालिकाको बिकास गर्न आफु जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताए । नगरवासीको जनजिबिकाको सवाल र विकास निर्माणको काममा सबै संग हातेमालो गर्न तयार रहेको भन्दै उनले नगरशिक्षक नियुक्त गरेर पनि नगरको शिक्षा क्षेत्रलाई अगाडी बढाउने बताए ।
स्वास्थ्यको सवालमा नगरपालिकाले एक एमविविएस, एच ए, स्टाफनर्स, अनमि छात्रवृद्धिमा पढाउने बताए । नगरको विकास गर्न आफुबाट केहि कमी कम्जोरी भए सच्याएर अघि बढ्न तयार रहेको भन्दै नगरपालिकाको कुनै पनि गतिविधि वेभसाईडमा हेर्न सकिने बताए ।
नगर प्रमुख उपाध्ययले भने, एक वडा एक कृषीकार्यक्रम मार्फत पनि नगरको खेतीयोग्य जमीन उपयोग गर्दै छौं । नगरको कला सस्कृतिलाई बचाई राख्न नगरभित्रका नृत्य, पञ्चेवाजा, देउडा लगाएतका मेला महोत्सवमा पनि जोड दिएका छौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...