भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते |

कालापानी क्षेत्रको विवाद वार्ता गरी टुंग्याउन चीनकाे सूझाव

कालापानी क्षेत्रको विवाद वार्ता गरी टुंग्याउन चीनकाे सूझाव

काठमाडौं । भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट जारी विज्ञप्तिमा छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् ।’ विज्ञप्तिमा भनिएको छ,‘ केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं। यस्ता आरोप आधारहीन छन्। उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’

वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको समेत विज्ञप्तिमा जनाइएको छ । भनिएको छ, ‘चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ ।’ चिनियाँ राष्ट्रपतिले नेपालको सफल राजकीय भ्रमण गर्नुभएको स्मरण गराउँदै विज्ञप्तिमा त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.