काठमाडौं, २०७७ बैशाख । हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म यो भाइरसबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् । विश्वभर २१२ मुलुकसंगै २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार ६५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार ७९६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ८६४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार १६१ जनाको मृत्यु भएको छ भने ८२ हजार ३७९ जना संक्रमित भएका छन् । युरोपियन मुलुकहरुमा कोरोना भाइरसबाट १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् भने एकै दिन २५ हजार ६७४ जना नयाँ संक्रमित थपिए ।
यो समाचार तयार पार्दासम्म युरोपमा १ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाए । ५ लाख ३१ हजार ३४८ जना उपचारपछि घर फर्किए । ७ लाख ५३ हजार ६०६ विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १७ हजार ६२६ को अवस्था गम्भीर छ ।
एसियाली देशहरुमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । १९ हजार ३२० ले ज्यान गुमाएका छन् । २ लाख ८४ हजार ६४ जना उपचारपछि फर्किएका छन् । २ लाख ४२ हजार १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसमध्यमा ५ हजार ४९८ जनाको अवस्था गम्भीर छ ।
उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख ५७ हजार ९८७ जना संक्रमित भएका छन् । ७३ हजार ७४५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ८३ हजार ७१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७१७ जनाको अवस्था गम्भीर छ । २ लाख १ हजार १७१ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९९ हजार ७५० जनामा संक्रमण देखिएको छ । १० हजार २४३ जनाले ज्यान गुमाएका छन् । ६९ हजार ३९ जना निको भएका छन् भने १ लाख २० हजार ४६८ जना उपचाररत छन् । ९ हजार ८६२ को अवस्था गम्भीर छ ।
अफ्रिकी राष्टमा ४३ हजार ७३४ संक्रमित भएका छन् । १ हजार ७६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३७० जना संक्रमित भएका छन् । ११३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा समाचार तयार पार्दासम्म १ हजार ६४३ जनाले ज्यान गुमाए । अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।
भारतमा एकै दिन थप १ सय जनाको काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ । २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकहरूमा भारत कोरोना प्रभावित मुलुकको रुपमा देखिएको हाे । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ ।
यता एसियाली मुलुकहरूमा सूचीमा भारत चौथो नम्बरमा रहेकाे छ । एसियाली मुलुकमा टर्की काेराेनाबाट सबैभन्दा बढि प्रभावित मुलुक हाे । ३ हजार ३३६ जनाले यहाँ ज्यान गुमाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...