के हो टुकुचा, के गर्दैछ महानगर ?

के हो टुकुचा, के गर्दैछ महानगर ? image

काठमाडौं । टुकुचा खोला उत्खननमा उच्च अदालतले काठमाडौं महानगरपालिका लागि २५ वटा स्टे अर्डर जारी गरेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउन अझ जोसिएको छ ।

के हो टुकुचा ?
भदौ ३० गतेदेखि महानगरले जयनेपाल हलस्थित टुकुचा खोलाको पुरिएको भाग उत्खनन सुरु गर्यो । उत्खनन्मा राजाले चढ्ने गाडी समेत भेटियो । तर, अदालतको स्टे अर्डर र पुरातत्व विभागले अध्ययन गर्ने भएपछि टुकुचामा बनेका अवैध संरचना भत्काउन महानगरका लागि बाधक बन्यो ।

महानगरको अभियान ६ असोजदेखि ‘ब्रेक’ लागे जस्तै भयो । उच्च अदालतले जयनेपाल हल, कमलादी क्षेत्रमा २६ असोजसम्मका लागि कुनै पनि संरचना नभत्काउन आदेश जारी गरेको छ । अब महानगरलाई अदालतको पेसी कुरेर बस्नुको विकल्प रहने कि ? बरु भत्काउने दुई विकल्प अगाडि आए ।

अदालतको आदेशपछि महानगरले गत बिहीबारदेखि नै टुकुचामा उत्खनन छाडेको भनेर हल्ला बाहिरिएको छ । २६ असोजसम्म काम रोक्न महानगरका नाममा आदेश जारी भएको अदालतका रजिस्ट्रार ठगीन्द्र कट्टलले बताए । उक्त दिन अदालतले दोहोरो छलफलका लागि पेसीसमेत तोकेको छ ।

भदौ ३१ गते जयनेपाल हलस्थित प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले उच्च अदालतमा रिट दायर गरेका हुन । रिट दिनेमध्ये अधिकांशले ०३२, ०३८, ०४२, ०४५ सालमा महानगरबाट घर निर्माण इजाजतपत्र लिएर घर निर्माण गरेको जिकिर गरेका छन् ।

रिट दायर गर्नेमध्ये केहीबाट नक्सापास र निर्माण सम्पन्नपत्र महानरले लिइसकेको बुझिएको छ । अदालतको स्टे अर्डरका कारण काम अघि बढ्न नसकेको महानगरका नगर प्रहरीले बताएका छन् । ठूलाबडाहरू अदालत गुहार्न थालेपछि खोला उत्खनन्मा अवरोध हुन्छ कि भन्नेमा प्रहरीको मनुस्थिति विग्रीएको छ ।

तर महानगर भने आफ्नो लक्ष्यमा पुगेरै छाड्ने अडानमा छ । नियम विपरितका संरचना भत्काउन नगर प्रहरी र महानगरपरिवारलाई कसैले रोक्न नसक्ने दाबी पनि महानगरले गरेको छ । नक्सापास लिँदैमा खोलामाथि घर नभत्काउने हो भने टुकुचाको बाँकी भूभाग खाली गर्न कठिन हुने नगर प्रहरीको भनाइ छ । यसविषयमा ठूलाबडाहरू अदालत गुहार्न थाले पछि महानगरले जनताको साथ खोजिरहेको छ ।

बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले टुकुचा खोलाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा ३० भदौदेखि महानगरले जयनेपाल हलस्थित टुकुचाको पुरिएको भाग उत्खनन सुरु गरेको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

 

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi

Madhyapur Thimi Municipality Ward 2 jatigaal

Aathabis Municipality

Hotel Mount Everest