कोरोना भाइरसको आशंकामा भर्ना भएका एक विरामी अस्पतालबाट ‘फरार’

कोरोना भाइरसको आशंकामा भर्ना भएका एक विरामी अस्पतालबाट ‘फरार’ image

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको आशंकामा भर्ना गरिएका एक जना विरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् । ती व्यक्ति गएराति अस्पतालबाट भागेको जानकारी पाएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती व्यक्तिलाई उनको परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । चेकजाँचका लागि अस्पतालले उनलाई भर्ना गरेको थियो । गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट भागेको प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी कार्य भएको बोगटीले बताए । अहिले सम्म फेला नपरेको र परिवारको सम्पर्कमा पनि नरहेको बोगटीले बताए। रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि नभएको अस्पताल स्रोतले बतायो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

  • मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो image

    मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

    काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon