६ बैशाख २०७७ : पछिल्लो समय कोरोना रोगबाट निको भएर घर फर्किने मानिसहरुको संख्या पनि बढ्दै गएको छ ।
कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर काठमाडौंकी युवती घर पर्किएकी हुन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट काठमाडौंकी १९ वर्षीया प्रशिद्धि श्रेष्ठ डिस्चार्ज भएर घर फर्किएकी हुन्। काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन्। उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन्। गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड(१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...