एजेन्सी । (कोभिड १९) चीनले कोरोना भाइरसविरुद्धको खोप आउँदो महिनादेखि प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरेर यसको प्रभावकारिता र सुरक्षाका लागि जनावरहरुमा प्रयोग गरिन लागिएको जनाएको छ ।
विश्वभर एक लाख मानिसमा संक्रमण भेटिएका बेला चीनले कोरोना प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो। मुलुकको सवै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउने चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले बताएका छन् ।
वैज्ञानिकहरुले पाँचवटा विधिबाट कोरोनाविरुद्धको खोप बनाइरहेको चीनियाँ अधिकारीको दाबी छ । चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने जनाएको छ। चीनको उहान शहरमा सन् २०१९ को अन्त्यतिरबाट कोरोना संक्रमण फैलिएको थियो।
सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अनुसन्धानमाथि मूल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना विरुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...