भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना विरूद्धको खोप प्रयोगमा ल्याउदै चीन

कोरोना विरूद्धको खोप प्रयोगमा ल्याउदै चीन

एजेन्सी । (कोभिड १९) चीनले कोरोना भाइरसविरुद्धको खोप आउँदो महिनादेखि प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरेर यसको प्रभावकारिता र सुरक्षाका लागि जनावरहरुमा प्रयोग गरिन लागिएको जनाएको छ ।

विश्वभर एक लाख मानिसमा संक्रमण भेटिएका बेला चीनले कोरोना प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो। मुलुकको सवै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउने चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले बताएका छन् ।

वैज्ञानिकहरुले पाँचवटा विधिबाट कोरोनाविरुद्धको खोप बनाइरहेको चीनियाँ अधिकारीको दाबी छ । चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने जनाएको छ। चीनको उहान शहरमा सन् २०१९ को अन्त्यतिरबाट कोरोना संक्रमण फैलिएको थियो।

सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अनुसन्धानमाथि मूल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना विरुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो।

 


Thali Mobile Pvt.Ltd.