बागलुङ्गमा जन्मिएर भैरहवामा हुर्किएका अनि दैलेख जिल्लालाई कर्म भूमि बनाएका उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकको अनुभुतिलाई समेट्ने कोशिस गरेका छौं । दैलेखमा बाटो समेत नहुदाको बखत पैदल यात्रा गर्दै व्यापार व्यवसायलाई अगाडि बढाउदाको क्षेण कस्तो रयो त ? सफलता र असफलताको जोडगास कस्तो रयो ? विकको जीवनसंघर्षको पाटोलाई कोट्याउने पर्यत्न हामीले यस अंकमा गरेका छौं : सम्पादक
आरामै हुनुहुन्छ ?
सन्चै छु ।
कति वर्षको हुनुभयो ?
म ५८ वर्षको भए ।
तपाईको जन्म ?
२०१८ साल चैत्र ३० गते बाबा कर्ण बहादुर विश्वकर्मा र आमा चन्द्रमती विश्वकर्माको कोखबाट जन्म लिएको हुँ । आमा अहिले हुनुहुन्न । मेरो जन्म घर बागलुङ्ग हो । पछि भैरहवा सरे अहिले दैलेख मा छु ।
बागलुङ्गमा बाजे बस्नु भयो । बुवा भैरहवामा र म दैलेखमा । हाम्रो सबै जना दैलेखमा छौं। २०३२ साल तीर बुबा दैलेख आउनु भयो । बुबा दैलेख आएको दुइ–तीन वर्ष पछि म दैलेख आएँ र यतै बसे ।
परिवारमा को को हुनुहुन्छ ?
मेरा तीन छोरा, दुई छोरी, बाबा, म र श्रीमति छौं । छोरा किशोर कुमार विक, डा.सुरज विक र शन्तोष विक । छोरी तनीशा विक र विनु विक छन् ।
५८ वर्षमा पनि जोस उस्तै छ नि ?
अहिले जोस झन बढेर आएको छ । भूकम्प गएको बेला बाँच्न सफल भएँ । उद्योग बाणिज्य संघको उपाध्यक्ष हुँदा पनि आफु सुतेको सुत्यै भएँ । पाँच दिन पछि होस खुल्यो । उपचारमा डाक्टरहरुले समेत माया मारीसकेका थिए । सबै जना आत्तिरहेका थिए । म भने बेडमा उठेर बसेँ । चमत्कार भएको अनुभूति भयो ।
उवासंघ दैलेखको अध्यक्ष हुदा कस्तो महशुस गर्नु भयो ?
दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएको केही महिना पछि विरामी भएँ । सफल अप्रेशन भयो । अहिले ठिक छ । अव जोसका साथ काम गरिरहेको छु । केहि जटिल्ता हुदा हुदै पनि सफल्ताको अनुभुति गरेको छु । मलाई दैलेखका देवी, देउतासंगै दैलेखी जनताको अहम साथ र सहयोग छ । उनीहरुको सहयोगको ऋिणी छु ।
भैरहवाबाट दैलेख आउदा कस्तो थियोे ?
अहिले जस्तो सहज थिएन । भारतको सुनौली, नौतुना, गोन्डा हुदै नानपाराबाट रेलमा नेपालगञ्ज पुगिन्थ्यो । कहिले नेपालगन्ज पुग्न बीचमै बास बस्न पर्थ्याे । कोहलपुरबाट हिडेर दैलेख पुग्नु पर्थ्याे । पहिले सडक कहाँ थियोर ! भर्खर कोहलपुरबाट सुर्खेतको ट्रयाक खनिदै थियो । हिडेरै पुग्नु पर्थ्याे । त्यति सहज थिएन ।
दैलेख पुग्न कति दिन लाग्थ्यो ?
तीन दिनमा दैलेख पुगिन्थ्यो कोहलपुरबाट। सुर्खेत सम्म बाटो बन्दै थियो । दैलेखमा बाटोको निसान समेत थिएन । घुमाउरो बाटो हिडेर जानु पर्थ्याे । बबई नदी तर्नु पर्थ्याे । बबई उर्लेर आएपछि दुई, तीन दिन सम्म बास बस्नु पर्थ्याे ।
दैलेख र भैरहवा धाउनु पर्दा झन्झट हुन्थे न ?
कोहलपुरबाट विहान हिँडेर सुर्खेतको बयरपार्टी बास हुन्थ्यो । कहिले सुर्खेतको रामघाट बास बसिन्थ्यो त कहिले गुरासे, रानीमत्ता, तालपोखरी र डुङगेश्वर बास बसेर तीन दिनमा दैलेख बजार पुगिन्थ्यो । यसरी नै कहिले दैलेख त कहिले भैरहवा पुगिन्थ्यो । व्यापारको शीलशीलामा झन्झट मान्ने कुरै भएन । दुःख भएपनि सहज नै लाग्थ्यो ।
पहिलो पटक दैलेख पुग्दा कस्तो लागेको थियो ?
दैलेख बजारको मौलिकता आफ्नै किसिमको थियो । पुरानो बजार देखिन्थ्यो । पहाडी जनजीवन । यहाँ रीती रिवाज, संस्कृति, रहनसहन परमपरा निकै राम्रो लाग्यो । जात्रा मेलालाग्दा राती गीत गाँउने चलन निकै मन पर्थ्याे ।
रातीको समयमा देउडा गीत गाएको र देउडा खेल खेलेको देख्न पाइन्थो । जिल्लामा नेवार समुदायको बस्ती भएकाले लाखे नाँचको दृश्य अवलोकन गर्न पाइन्थो । दैलेख सबै कुरामा अब्बल थियो । अहिले विस्तारै त्यो परमपरा कम हुदै गएको देखिन्छ ।
उतिखेर हिडेर अहिले गाडीको यात्रा भन्नु पर्दा ?
त्यो समय हिँडेरै जादा दुःख भन्दा पनि आनन्द आउथ्यो । बास बस्दा अलि कठिन भएपनि अर्गानिक खाने कुरा खाईन्थ्यो । बाटोमा शुद्ध दहीले मोहनी लगाउथ्यो । अहिले सम्झना गर्दा निकै आनन्द आउछ ।
जति पैसा तिरेर खादा पनि अहिले कुनै मतलव छैन । खानेकुरामा पनि स्वाद छैन । रानीमोताको आलु, दाल, दहीको स्वाद अहिले पनि मानसपटलमा ताजै छ । अहिले र उहिले तुलना गर्दा आकाश जमिनको फरक छ ।
अध्यनलाई सम्झीदा ?
बुबा दैलेख आउदा म १० कक्षा पढ्दै थिँए । धेरै समयको ग्याप भएपछि एसएलसी परीक्षा दिए । एसएलसी पास गरेपछि विस्तारै पलस टु सकेँ र स्नातक अध्यनमा नै पढाई रोकिन पुग्यो । व्यापारका शीलशीलामा समय मिलाउनु अलि सहज थिएन ।
उद्योग बाणिज्य संघ दैलेखको अध्यक्ष हुदाको अनुभूति ?
यो मान्छेले केहीगर्न सक्दैन, यो मान्छेले केही गर्न सक्छ भनेर लख काट्नु गलत रैछ । मानिसले आफ्नो लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अगाडी बढ्यो भने एक दिन उ अवश्यै सफतामा पुग्छ ।
सबै भन्दा ठूलो कुरा भनेको उसको इच्छा शक्तिमा भर पर्छ । इच्छाशक्तिसंगै त्यसलाई पुरा गर्ने दृढता लियो भने सफलता पनि पाँउछ । दैलेखको सानो ठाउमा व्यापार गर्ने मान्छे म उद्योग बाणिज्य संघको अध्यक्ष बनौला भनेर कल्पना गरेको थिएन ।
तर इच्छाशक्ति नभएको भए र जिल्लावासी दाजुभाईको माया नभएको भए यो सफल्ता हुने थिएन होला । कुलबहादुर विश्वकर्मा राम्रो मान्छे हो भन्ने विश्वास दैलेखी दाजुभाइले गरे । मैले विश्वास दिलाउन सफल भएँ र दाजुभाईको विश्वासको पात्र नै सफलताको सुत्र भयो ।
दैलेख जिल्लामा बसेर छोरा छोरी पढाउदै, व्यापार गर्दै जाँदा मैले आफ्ना लागि मात्रै सोचेन , व्यापारबाट कमाएको १ रुपयाँ आफ्ना लागि र १ रुपयाँ समाजका लागि खर्च गरेँ । समाजसेवामा लागेका कारणले गर्दा पनि होला पहिले दैलेख जिल्ला उद्योग बाणिज्य संघको उपाध्यक्षको निर्वाचनमा अत्याधिक मत लिएर जित्न सफल भएँ ।
जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवीबाट सम्मानित पनि हुनु भयो है ?
हो । सम्माननीय राष्ट्रपति विद्या देवि भण्डारीज्यूबाट २०७६ असोज ३ गते संविधान दिवसको अबसरमा जनसेवा श्री (पञ्चम श्रेणी) मानपदवीबाट सम्मानित हुदा बधाई तथा शुभकामना धेरै ठाँउबाट प्राप्त गरेँ । यो पनि मेहनत र लगनशीलताको नै भागिदारी ठान्दछु ।
अन्तमा के भन्नु हुन्छ ?
समाजका लागि गरेको लगानीको फल मिलेको ठानेको छु । म यो ठाँउको, त्यो ठाँउको भनेर हुदो रहेन छ । जो जहाँको भए पनि समाजका लागि योगदान गरेमा रामै फल मिल्दछ । मैले पनि रामै काम गरेको अनुभुति गरेको छु ।
मेरो योगदानको कदर भएको महशुस गरेको छु । दैलेख जिल्लामा पाएको विभिन्न सफता मेरो मात्र नभएर दैलेखी जनसमुदायकाे सफलता हो भन्छु । अन्तमा मेरो विचार आम मान्छे कहाँ पुर्याइदिनु भएकोमा यो लोकप्रिय मिडिया कैलाश खबर डट कमलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरु हामीले यो खबरदारी सभाको घोषणा गर्नेबित्तिकै सत्ता पक्षमा जुन आतंक देखापर्यो, सरकार आजै ढल्छ, भोलि नै ढल्छ तर हामीले त्यसो भनेका छैनौं । खबरदार तपाईहरुको...
कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने...
नेपालको राजनीतिलाई अस्थिर राजनीतिको संज्ञा दिने गरिन्छ । मिलिजुली प्रकृतिको सरकारको त कुरा छाडौ बहुमतको सरकार बन्दा पनि हामीले स्थायी सरकार प्राप्त गर्न सकिरहेका छैनौ । यो हाम्रो विडम्वना...
बंगलादेशको आधिकारिक नाम जनगणतान्त्रिक बंगलादेश हो । सन् १९४७ मा जव भारत र पाकिस्तान विभाजन हुँदै थिए । त्यो समय यसलाई पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । करिब १ हजार...