१७ जेठ २०७७, दैलेख । दुल्लु स्थित क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको कोरोना संक्रमण रिर्पोट पोजेटिभ आएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषको स्वाव जुम्लामा परीक्षण गरिएको थियो ।
१० दिनअघि भारतबाट आएर दुल्लुस्थित क्वारेन्टाइनमा बस्दै आएका उनी दुल्लु नगरपालिका ११ का पुरुष हुन । कोरोना परिक्षणका लागि ३ दिन अघि स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।
गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएन जब सिकिस्तै भए तब जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए । अस्पताल लगेर उपचार नगरिँदा उनले ज्यान गुमाउन पुगे ।
क्वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरियो । क्वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको दुल्लु अस्पतालकी प्रमुख डा.पूजा बिसीले बताइन् । दैलेखमा क्वारेन्टाइन व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । धेरै क्वारेन्टाइनमा भारतबाट आएका नागरिक कोचिएर बस्नु परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...