काठमाडौं । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोख्रेलले आज साँझ उच्चस्तरीय बैठक बोलाएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री पोख्रेलले उच्चस्तरीय बैठक बोलाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका पोखरेलले छलफलमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट मुलुकलाई जोगाउने उपायमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको बताएका छन् ।
आज साँझ बस्ने उच्चस्तरीय बैठकले कोरोना संक्रमण रोकथाम र फैलन नदिन एक्सन लिन सक्ने सम्भावना रहेको उच्च श्रोतले दाबी गरेको छ । सरकारले मुलुकभरका शैक्षिक संस्थाको पठनपाठनमा रोक लगाएको छ ।
२५ जनाभन्दा बढीको भीड नगर्न, संक्रमित मुलुकहरुबाट हुने हवाई उडान रोक्ने समेतका निर्णय यस अघि नै गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती बजेट अभावका कारण दुई वर्षदेखि निर्माण रोकिएको छ । २०७४ मा बस्ती निर्माणको काम थालेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ३ वर्षमा...
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
इजरायल । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ । अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र...