९ असार २०७७ काठमाडौं । कोरोना संक्रमण रोक्ने शंकास्पद व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राखिन्छ । संक्रमण फैलिन निदन र उपचार गर्न मानिसलाइ क्वारेन्टाइनमा राखिन्छ । नेपालमा क्वारेन्टाइन रोग सर्ने थलो बन्दै गएको धेरैको गुनासो छ।
संक्रमण देखिएकामध्ये ८० प्रतिशतभन्दा बढी क्वारेन्टिमा बसेका छन् । क्वारेन्टाइन सञ्चालनका लागि सरकारले मापदण्ड बनाएपनि कागजी पत्रमा मात्रै सीमित भएको आलोचना खेप्नु परेको छ। मापदण्डको कुरा एका तिर छ पिसिआर परीक्षणको दायरा पनि खुम्चाइदिएको छ।
मुलुकभर हाल ९४ हजार ९ सय २८ जना क्वारेन्टाइनमा छन् । १३ दिनअघि र अहिलेको तथ्यांक तुलना गर्ने हो भने यो अवधिमा ७७ हजार ३ सय ३८ जना व्यक्ति क्वारेन्टाइनबाट निस्किएका छन् । दैनिक करिब ७ हजारका दरले मानिसहरु क्वारेन्टाइनबाट निस्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ । प्रदेश निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १२ र नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको हो ।
संक्रमित हुनेहरूमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका ३ बालकसहित ८ जना पुरूष र ६ वर्षकी एक बालिका र १ महिला तथा कालिगण्डकी गाउँपालिकाका १४ वर्षीय बालक र ४८ वर्षका पुरूष छन् । नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका १८ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरूष रहेको निर्देशनालयले जनाएकाे छ । संक्रमित सबै भारतबाट फर्किएको खुलेको छ ।
संक्रमित युवालाई विराटनगर पठाइयो
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका युवालाई उपचारका लागि कोभिड अस्थायी अस्पताल विराटनगरमा पठाइएको छ । उनलाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको हाे । लिखु गाउँपालिकाका २८ वर्षीय ती युवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतबाट दुई हप्ताअघि नेपाल प्रवेश गरेर गाउँपालिको क्वारेन्टीनमा बस्दै आएका थिए । गत बुधबार २१ जानाको थ्रोट स्वाब संकलन गरी परीक्षणमा पठाइएकोमा ती युवामा मात्रै कोरोना संक्रमण पोजेटिभ देखिएको हो । हाल उनको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएकाे छ ।
भेन्टिलेटर र आइसियुको व्यवस्था
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ ।
मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखेको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा.गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आइसियु बनाइएको बताए ।
डब्लुएचओको अपील
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपील गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।
लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।
उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए ।
तलब नपाएपछि कान्तिपुर अस्पतालका कर्मचारी आन्दोलित
तीनकुनेस्थित कान्तिपुर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिनादेखि तलब नपाएको, लकडाउनको समयमा अस्पतालले यातायातको सुविधा उपलब्ध नगराएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । यातायातको सुविधा नहुँदा अस्पताल आउन जान समस्या भएको कर्मचारीले बताए ।
अस्पतालमा अहिले २५ जना कर्मचारी आन्दोलित बनेका छन् । कान्तिपुर अस्पतालमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलब समेत नपाएको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पतालका अध्यक्ष प्रेम कृष्ण बोयजुले बताए । संघले विरोध स्वरुप सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा यातायातको सुविधा उपलब्ध नगराएको, ग्रेड रोक्का गरिएको, कम तलबमा काम गर्नु परेको बोयजुले बताए ।
एकै दिन थपिए अहिलेसम्मकै बढी संक्रमित
विश्वभर एकै दिन १ लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभर गत २४ घण्टामा १ लाख ८३ हजार २० नयाँ संक्रमित थपिएका हुन् । यो कोरोना संक्रमण सुरु भएयताकै सबैभन्दा धेरै हो । थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै उत्तर तथा दक्षिण अमेरिकाका छन् ।
यी महादेशमा १ लाख १६ हजार नयाँ संक्रमित थपिएको अल जजिराले जनाएको छ । अमेरिकापछि विश्वकै दोस्रो ‘हटस्पट’ ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्ममा ५० हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख ८५ हजार ३८ पुगेको छ ।
मेक्सिकोमा पनि संक्रमण तीव्र रुपमा फैलन थालेको छ । त्यहाँ ५ हजार ३ सय ४३ नयाँ संक्रमित देखिएका छन् भने एकै दिन १ हजार ४४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा हालसम्म १ लाख ८० हजार ५ सय ४५ संक्रमित पुगेका छन् । त्यहाँ २१ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ८९ लाख २८ हजार ६ सय ५२ छ। कुल संक्रमितमध्ये ४ लाख ६७ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ भने ४४ लाख १९ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डीपी अर्यालले विपद्पछि मोवाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका छन् । शुक्रबार...
काठमाडौं । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा अपलोड गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसरी फिल्मको मुख्य अंशहरु अनाधिकृत दुरुपयोगबाट फिल्म निर्माताहरुको लगानी तथा सम्पूर्ण मेहनत...
ललितपुर । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट...
काठमाडौँ । कैलालीमा अवैध लागु औषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट दुई जनालाई...