काठमाडौं फागुन ४ ः विश्वमा कोरोनाको कहर भइरहदा चीन सबै भन्दा बढी प्रभावित वन्यो । चीन प्रभावित बनेपछि छिमेकी देशहरु प्नि सजत हुने नै भए । यस मध्य चीनसंग सीमाना जोडीको नेपाल पनि आफ्ना नागरिकको सुरक्षाका लागि र कोरोनाबाट बच्च कसरत गरिहेको छ । नेपालले आइताबार आफ्ना एक सय ७५ जना नागरिक नेपाल फर्काएको छ । चीनको वुहानमा रहेका नेपाली नेपाल एअरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स गरी चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात कुर मेकर, एक इञ्जिनयिर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनाको टोली नेपाल ल्याएको हो ।
चीनबाट फर्केका नागरिकहरुलाई सुरक्षीत ठाउँमा राख्न सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेर उनीहरुलाई त्यहा राखिएको छ । क्वारेन्टाइनमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वटा ब्ल्क विभाजन गरिएको छ ।
क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसीटीभी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीन वटा वाशिङ्ग मेशिन, तौलिया, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स (मुखावरण), औषधि लगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा खाखिएको छ ।
मनोरञ्जनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ भने क्यारम बोर्ड, लुडो, बच्चाका लागि बल लगायतको खेल खेल्न मिल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइन भित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइने व्यवस्था मिलाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...