भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

खरिपाटी क्वारेन्टाइनमा के के छ ?

खरिपाटी क्वारेन्टाइनमा के के छ ?

काठमाडौं फागुन ४ ः विश्वमा कोरोनाको कहर भइरहदा चीन सबै भन्दा बढी प्रभावित वन्यो । चीन प्रभावित बनेपछि छिमेकी देशहरु प्नि सजत हुने नै भए । यस मध्य चीनसंग सीमाना जोडीको नेपाल पनि आफ्ना नागरिकको सुरक्षाका लागि र कोरोनाबाट बच्च कसरत गरिहेको छ । नेपालले आइताबार आफ्ना एक सय ७५ जना नागरिक नेपाल फर्काएको छ । चीनको वुहानमा रहेका नेपाली नेपाल एअरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स गरी चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात कुर मेकर, एक इञ्जिनयिर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनाको टोली नेपाल ल्याएको हो ।
चीनबाट फर्केका नागरिकहरुलाई सुरक्षीत ठाउँमा राख्न सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेर उनीहरुलाई त्यहा राखिएको छ । क्वारेन्टाइनमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वटा ब्ल्क विभाजन गरिएको छ ।
क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसीटीभी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीन वटा वाशिङ्ग मेशिन, तौलिया, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स (मुखावरण), औषधि लगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा खाखिएको छ ।
मनोरञ्जनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ भने क्यारम बोर्ड, लुडो, बच्चाका लागि बल लगायतको खेल खेल्न मिल्ने व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइन भित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइने व्यवस्था मिलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.