भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

खुकुरी प्रहारबाट श्रीमती र नातिनी घाइते

खुकुरी प्रहारबाट श्रीमती र नातिनी घाइते

दोलखा । तामाकोशी गाउँपालिका–२ झुलेमा एक बृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । ७२ वर्षीय मोहनबहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले बताएको छ ।

गएराति करिब १० बजे कार्कीले ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षिया नातिनी सुहाना कार्कीलाई खुकुरी प्रहार गरेका थिए। दुवै जना गम्भीर घाइते अवस्थामा फेला परेको रउनीहरुको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन् ।

दुवै जनालाई घटनास्थलबाट उद्धार गरी चरिकोटको च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ। श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने मोहनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ७२ वर्षीय मोहनबहादुर कार्कीको मानसिक अवस्था ठिक नभएको प्रहरी बताएको छ।

 


Thali Mobile Pvt.Ltd.