भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

गरिव राष्ट्रको पक्षमा प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी

गरिव राष्ट्रको पक्षमा प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी

काठमाडौं । मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालले मुलुकको कार्यकारी भुमिका नभएको सरह व्यवहार देखाएपछि उनले यस्तो बताएका हुन ।

पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति लज्जासपद भएको उनले बताए । सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गरे ।

प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गर्नु भएको सम्बोधनप्रति पनि उनले असन्तुष्टि जनाएका थिए । उनले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सभासभामा प्रधानमन्त्रीले राख्न नसकेको तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.