गरिव राष्ट्रको पक्षमा प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी

गरिव राष्ट्रको पक्षमा प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी image

काठमाडौं । मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट संचालन भइरहेको हो र ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले प्रधानमन्त्री दाहालले मुलुकको कार्यकारी भुमिका नभएको सरह व्यवहार देखाएपछि उनले यस्तो बताएका हुन ।

पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री दाहालको अभिव्यक्ति लज्जासपद भएको उनले बताए । सांसद सुवालले राष्ट्र संघको महासभामा गरिव राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री दाहालको सम्बोधन नआएको दाबी गरे ।

प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्र संघको महासभामा गर्नु भएको सम्बोधनप्रति पनि उनले असन्तुष्टि जनाएका थिए । उनले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सभासभामा प्रधानमन्त्रीले राख्न नसकेको तर्क गरे ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon