भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

गोरु काटेर नगरकोट मासु ओसार्ने पाँचजना प्रहरी नियन्त्रणमा

गोरु काटेर नगरकोट मासु ओसार्ने पाँचजना प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मासु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । गोरु काट्ने, मासु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । ठूलाठूला दुई गोरु काटेर मासु नगरकोट लैजाने व्यक्तिसहित त्यस घटनामा संलग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् ।

घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको असहाय गाई बाच्छा संरक्षण स्थलमा आश्रित गोरु काटेर टाउको गाडी मासु बेचेको अवस्थामा भेटिएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनुसन्धानका लागि नगरपालिका र प्रहरीमा उजुरी गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।

संविधानमा राष्ट्रिय जनावर भनी सम्मान गरिएका गाईगोरु मासुका लागि काटिने, सडकमा छाडेर घाइते हुने, मारिने घटना बढ्दै जाँदासमेत सरोकार भएका सरकारी निकाय मुकदर्शक बनेको उहाँको भनाइ छ । अभियानले पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी क्षेत्रफलमा करिब दुई सय असहाय गाईबाच्छा संरक्षण गर्दै आएको छ । स्वयंसेवी रुपमा चलेको अभियानमा दाताले जन्मदिनलगायत विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.