काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले बताए ।
कार्यकारी निर्देशक शाक्यका अनुसार सर्वसाधारणले रु ५, १०, २०, ५० र १०० दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने भएका छन् ।
करिब १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही हुने तयारी भइरहेको जानकारी दिए। असोज २९ गतेबाट आम सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्ने भएको हो ।
भदौ ३० देखि सर्वसाधारणलाई अन्य केही निजी बैंकहरूले असोज २ गतेदेखि सर्वसाधारणमा सटही खुला गरेका थिए ।
