घर भेटघाटमा गएका साँसद १४ दिन क्वारेन्टिनमा

घर भेटघाटमा गएका साँसद १४ दिन क्वारेन्टिनमा image

८ असार २०७७, भोजपुर । घर भेटघाटमा गएका प्रतिनिधिसभा साँसद सुदन किराँती गृह जिल्लामा १४ दिन क्वारेन्टिनमा बसेका छन् । रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा उनी बसेका हुन् । कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था अनुसार उनी क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए ।

गाउँपालिकाले ओख्रेमा निर्माण गरेको क्वारेन्टिनमा बसेको भन्दै किराँतीले सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्यरुपमा पालन गर्नुपर्ने बताए । जनताको समस्यालाई नजिकबाट नियाल्दै आफु क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गरिरहेको उनको भनाई छ । अहिले स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टिनलाई व्यवस्थित बनाउनमा पहल गर्ने समेत किराँतीको भनाइ छ ।

राजधानीमा रहेर जनतालाई राहत वितरणदेखि लिएर संसद्मा जिल्लाका विभिन्न समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएपश्चात् किराँती जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिन गृहजिल्ला पुगेका हुन् । निम्नस्तरका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उनको भनाइ छ । क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको उनले जानकारी दिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.