भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार वटा शवसहित ४०९ नेपाली स्वदेश फर्किए

चार वटा शवसहित ४०९ नेपाली स्वदेश फर्किए

काठमाडौं । दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन् । दुवै एयरलाइन्सका जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ । मङ्गलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् ।

नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.