DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चीनका सुरुङमा आपतकालीन उद्धारका लागि मानवरहित प्रणाली विकास

चीनका सुरुङमा आपतकालीन उद्धारका लागि मानवरहित प्रणाली विकास image

चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आपतकालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाको सामना गर्छ ।

खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ । शोधकर्ताले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौति पार गरेको बताएका छन् । सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराई वा उचाईमा अग्नि नियन्त्रण सुविधा रहेका छन् ।

यस प्रणालीले सुरुङमा स्वतन्त्ररूपमा आवागमन गर्ने, अवरोधबाट जोगाउने र आगो निभाउने ग्रेनेड प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गमा आगलालागी नियन्त्रणसहित आपतकालीन उद्धार कार्यका लागि उपयोगी रहेको दाबी सिन्ह्वाको खबरमा दाबी गरिएको छ । एजेन्सी

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.