चीनमा संक्रमण घट्यो, १०३ देशमा फैलियो कोरोना

चीनमा संक्रमण घट्यो, १०३ देशमा फैलियो कोरोना image

काठमाडौं । कोरोना भाइरसको संक्रमण १ सय तीन देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। चीनमा संक्रमितको संख्या घट्दै गएको छ भने इरान र इटालीमा तीब्ररुपमा फैलिदै गएको छ । इटालीमा ५ हजार ८ सय ८३ जनामा सक्रमण भेटिएको छ भने शनिबार मात्रै थप ३६ जनाको मृत्यु भएको छ ।

इरानमा १४५ जनाको ज्यान गएको छ भने ५ हजार ८ सय २३ जनामा संक्रमण देखिएको छ। दक्षिण कोरियामा ५० जनाको ज्यान गएको छ भने सात हजार १ सय २४ जनामा संक्रमण फैलिएको छ । फ्रान्स जर्मनी, स्पेन, बेलायत बेल्जियममा पनि यसको संक्रमण तीब्र रुपमा फैलिरेहको छ ।

जापानमा यसको संक्रमणबाट ६ जनाको ज्यान गएको छ भने अमेरिकामा १९ जनाले ज्यान गुमाएका छन्। हालसम्म विश्वभरबाट सक्रमित हुनेको संख्या १ लाख ६ हजार १ सय ९१ पुगेका छ भने मृत्यु हुनेको संख्या ३ हजार ६ सय रहेको छ ।

चीनमा अहिले सम्म मृत्यु हुनेको संख्या ३ हजार ९७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। ८० हजार ६ सय ९६ जनामा यसको संक्रमण रहेको र ५७ हजार ८३ जना संक्रमितको उपचार भएको चिनियाँ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पनि एक जनामा कोरोनाको संक्रमण भेटिएको तर उपचारपछि निको भएर घर फर्किएको जनाईएको छ । कोरोनाको संक्रमण तीब्र रुपमा फैलिदै गएपछि नेपालले भने ठूला सभा सम्मेलन नगर्न, भीडभाडमा नजान आम नागरिकलाई सर्तक गराएको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

  • मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो image

    मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

    काठमाडाैं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon