जसका कारण देशले कोल्टो फेर्‍यो, त्यो इतिहास कसैले नर्बिसिए हुन्छ: पनेरू

जसका कारण देशले कोल्टो फेर्‍यो, त्यो इतिहास कसैले नर्बिसिए हुन्छ: पनेरू

एक यस्तो इतिहास जसले नेपालमा एक युगको अन्त्य भयो । सामन्ती राजतन्त्रको अन्त्य भएर देश संघीय गणतन्त्रमा रुपान्त्रण भयो । महिला, दलित, जनजातिलगायत सबैले मुक्ति प्राप्त गरे । अझ यसो भनौं सबैले भन्न पाउने, बोल्न पाउने अधिकार प्राप्त गरे ।

त्यो ऐतिहासिक वर्गसंघर्षको एउटा गर्बिलो इतिहास बोकेको महान जनयुद्ध नभएको भए आज को कुन दुलोमा हुने थिए भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । जुन बिगतको युद्धले गर्दा नै देशले परिवर्तनको कोल्टो फेरेको हो । मुलुकमा जकडिएर बसेको सामाजिक असमानता, कुरुती, कुसस्कार र अन्धविश्वासको ठूलो पर्खाल यदि जनयुद्ध हुदैनथ्यो भने त्यो कहिल्यै पनि भत्कने थिएन ।

उत्पीडन र दविएकाहरु कहिल्यै आवाज बुलन्द गर्न सक्ने थिएनन् । मानव भएर पनि पशुको जस्तो दोश्रो श्रेणिमा बाच्न बिबस हुने थिए । दविएका, हेपिएका र चेपिएका हजारौं प्रकाश सपूतहरुले यदि जनयुद्ध नभइदिएको भए आजको अवस्थामा आएर आवाज प्रस्फुटन र कला प्रदर्शन गर्न पाउने थिएनन् होला । दलितहरुले आरानबाट उठेर सत्ताको मालिक बन्ने अवसर पाउँदैन थिए होलान् ।

महिलाहरुले चुलोचौकोबाट बाहिर निस्केर शिर ठाडोपारी हिड्न सक्ने थिएनन् होला । यो परिवर्तन जनयुद्धले गरिदिएको हो भन्ने कुरा सबैले हेक्का राख्न जरुरी छ । पछिल्लो समय माओवादी नेतृत्व र उसको बलमा प्राप्त उपलब्धीको रक्षा गर्नको सट्टा बदनाम गर्दै क्षेत विच्छेद बनाउने खतारा बढ्दै गएको छ ।

परिवर्तनका खातिर आफ्नो उर्जाशिल समय जनयुद्धमा बिताएका कर्मठ योद्धाहरुको व्यवस्थापन पार्टीले गर्न नसकेको पक्कै हो । तर त्यही भावनासंग खेलवाड गरिएको जस्तो जनयुद्धसंग जोडेर निकालिएको पिर यतिबेला विभिन्न टिका टिप्पणीका साथ बजारमा सार्वजनिक भएको छ ।

युद्धमा होमीएका जनसेनाको वर्तमान अवस्था नेता र नेतृत्वसंग मेल खादैन तर पनि गीतमा प्रकाश सपुतले निकालेको जस्तो बाध्यकारी अवस्थामा पक्कै छैन भन्ने नै हो । यहाँ प्रकाश सपुतले जानेर वा नजानेर गीत प्रस्तुत गरे । त्यसमा मेरो पनि आपत्ति छ तर संगै युद्ध लडेका नेता तथा कमाण्डर डा. बाबुराम भटराईले सामाजिक संजालमा जुन अभिव्यक्ति दिए त्यो झन आपति जनक र लज्जा जनक छ ।

तत्कालिन जनयुद्धको योजनाकार समेत रहेका डा. बाबुराम भट्टराई जनयुद्धको कुशल कमान्डर पनि मानिन्छन् तर पछिल्लो समय आएर उनी मतिभ्रम भइसकेका रहेछन् भन्ने कुराको पुष्ट्याइ उनी आफैले दिएका छन् । ज्ञात हुनुपर्ने हो आफैले सञ्चालन गरेको जनयुद्ध र रचना गरेको स्कुलिङ्ग, माक्र्सवादी दर्शन यस्तै थियो त ? एकपटक स्मरण गर्न बाबुराम भट्टराईलाई आग्रह गर्न चाहन्छु ।

सामाजिक न्यायका पक्षधर, समानता र परिवर्तनको यात्रामा सहभागी कयौं योद्धाले जीवन बली दिदा बाबुरामहरु कुन दुलोमा थिए ? किन त्यो परिवर्तन विर्सदैै छन् आज । सुखमा छन् त केवल नेतृत्वहरुनै छन् । दुःख पाएका छन् त केवल जनयुद्ध लडेका योद्धा र युद्धमा लामवद्ध भएका जनताले । कोही अभावले छट्पटीदै खाडी मुलुक हानीएका छन् त कोही सोदशकै गल्ली गल्लीमा मजदुरी गरिरहेका छन् ।

अभाव कसले झेलीरहेको छ ? यसको सत्यता सबैले दखिरहेकै छन् । सत्य के हो भने अहिले सत्ताको स्वाद पनि अवसरवादी दलालहरुले नै लगेका छन् । आफ्नो र आफ्नाको स्वार्थ पूरा गर्न इमान्दार कार्यकर्ताको आत्मा बेचिएको छ । आत्मसम्मानमा ठेश लागेको छ । यसो हुनु कदापि राम्रो होईन । समय फेरिएको छ । परिस्थिति उल्टो भएको पक्कै छ । आफुसंगै लडेका सहयोद्धा नेता र नेतृत्वले चिन्दैन ।

कुरा सत्य हो नेता, नीति परिवर्तन भएको छ । कुशल नेतृत्वको अभावले समग्र उपलब्धि एक पछि अर्को गर्दै हराउदै गएको आभाष हुदैछ । यसैको अन्तरालमा आएर त्यही विषयको भावभूमिको आधामा त्यो भिडियो पस्किएको छ भन्ने लागेको छ । हेर्दा स्वभाविक जस्तै लाग्ने तर नेतृत्वले गहनरुपमा समाज अध्यन गर्नु पर्ने कुरालाई एकपटक यस गीतले झल्काएको छ ।

आम योद्धाहरुको भावनासंग मेल नखाएपनि कहि कतै ठेस नपुगेको भने पक्कै छैन । कसैको उक्साहटले भिडियो बाहिर आएको हो भने पनि यसले धरातल बिर्सीएको प्रति व्यङ्गये हानेको देखिन्छ । माओवादी आदर्श कहाँ नीर बिग्रीयो एकपटक सबैले आत्मसमिक्षा गर्न जरुरी छ । कोरा आदर्शका कुरा गरेर हुनेवाला केही छैन । अभावको पीडामा कार्यकर्ताको दिनचर्या कसरी वितिरहेको छ ?

नेतार नेतृत्वले बुझ्न जरुरी छ । तर जीवन जिउन कै लागि योद्धाहरु देहब्यापारमा लागेको भन्ने गलत सन्देश हो । जुनकुरा प्रकाश सपुतले पनि बुझ्न जरुरी छ । पीडा र अभावले जस्तो नारकीय अवस्थाको पनि सामना गर्न पूर्व जनमुक्ति सेनाका योद्धा तयार हुन्छन् तर त्यस्तो अवस्थामा पुगेका भने पक्कै छैनन् ।

आजसम्म नखुलेका बिषय भविष्यमा भने नहोला भन्न सकिने अवस्था छैन । पार्टी पंत्तिले बेलैमा सोच्न जरुरी छ । कसैको उक्साहटमा लागेर समग्र आन्दोलनलाई नै धमिल्याउने किसिमले कला प्रस्फुटन गर्ने छुट कसैलाई छैन चेतना भया ।

शान्ति पनेरु (लेखक पूर्व जनमुक्ति सेना चौथो डिभिजनका कम्पनी कमाण्डर हुन)

 


Thali Mobile Pvt.Ltd.