काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा १९ फागुनमा भर्ना भएका उनलाइ आज साझ डिस्चार्ज गर्न लागिएकाे हाे । ओलीको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताए । भान्जी समीक्षा संग्रौला यस अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । उनले नै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी थिइन् ।