भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आवश्यक परे लकडाउन गरेर कोरोना संक्रमण राेक्छाैं : डा. विकास देवकाेटा

आवश्यक परे लकडाउन गरेर कोरोना संक्रमण राेक्छाैं : डा. विकास देवकाेटा

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फैलन नदिन आवश्यक परे लकडाउन गरेर उपचार गर्ने पूर्वतयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रतिकार्यको ढाँचा तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

कोरोनाको महामारी नियन्त्रणका लागि आवश्यक तयारी गरेका भन्दै डा.देवकोटाले संक्रमणको अवस्था र आवश्यकताअनुसार तयारी बढाउँदै लैजाने बताएका छन् । खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत् राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

कोरोनाको संक्रमण फैलिएको अवस्थामा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला र प्रदेशलाई पनि पकेट एरिया लकडाउन गर्न सकिने बताए । यी योजना अहिले नै प्रयोग गरिहाल्नुपर्ने अवस्था नआएको भन्दै प्रवक्ता देवकोटाले नेपालमा संक्रमण फैलिएको अवस्थामा मात्र लागू हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.