भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

आवश्यक परे लकडाउन गरेर कोरोना संक्रमण राेक्छाैं : डा. विकास देवकाेटा

आवश्यक परे लकडाउन गरेर कोरोना संक्रमण राेक्छाैं : डा. विकास देवकाेटा

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फैलन नदिन आवश्यक परे लकडाउन गरेर उपचार गर्ने पूर्वतयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रतिकार्यको ढाँचा तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

कोरोनाको महामारी नियन्त्रणका लागि आवश्यक तयारी गरेका भन्दै डा.देवकोटाले संक्रमणको अवस्था र आवश्यकताअनुसार तयारी बढाउँदै लैजाने बताएका छन् । खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत् राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

कोरोनाको संक्रमण फैलिएको अवस्थामा बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला र प्रदेशलाई पनि पकेट एरिया लकडाउन गर्न सकिने बताए । यी योजना अहिले नै प्रयोग गरिहाल्नुपर्ने अवस्था नआएको भन्दै प्रवक्ता देवकोटाले नेपालमा संक्रमण फैलिएको अवस्थामा मात्र लागू हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.