भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत

तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत

सल्यान । तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।

सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फेला परेकी थिइनन् । त्यसपछि गाउँले र आफन्तले उनको खोजी व्यापक गरे ।

बिहीबार घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको हो ।

मृतक महिला उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएकी थिइन् ।

घटना शंकास्पद, अनुसन्धान जारी रहेको र शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.