थाङ्का चित्रमा मनग्य आमदानी, खाडी जान छाेडेर व्यवसाय गर्दा मासिक २ लाख वचत (भिडियाे)

थाङ्का चित्रमा मनग्य आमदानी, खाडी जान छाेडेर व्यवसाय गर्दा मासिक २ लाख वचत (भिडियाे) image

रक्तिम दैलेखी/ भक्तपुर । भनिन्छ नि सिप हुनेहरु बेरोजगार बस्न पर्दैन । जो संग सिप छ उसंग अवसर नै अवसर छ । यस्तै अवसरको भण्डार हो थाङ्का पेन्टिङ्ग । हुनत बौद्ध दर्शनमा आधारित एक विशिष्ट चित्रकलाको रुपमा पनि परिचित छ यो कला । चित्रकलाबाट सजिलै धर्म शास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीबाट थाङ्काको बिकास भएको थियो ।

त्यतिबेला भारतको नालन्दा विश्वविद्यालयमा यस विषयको अध्यापन हुँदा तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरुहरु शिक्षा लिन त्यहाँ जाने गर्दथे भन्ने किम्बदन्ति पनि छ । तर तिब्बतको राजनीतिक परिवर्तनपछि त्यहाँका खाइबाहरु पलायन भए । भारतमा आधुनिक शिक्षाका कारण यो कलाको अध्यापन रोकियो । तर नेपालमा भने गुम्बाहरुमा यो शिक्षा अझ फैलँदै गयो । फैलिदै फैलिदै अहिले विश्व बजारमा बिक्री हुने थाङ्का मध्य ९५.५ प्रतिशत थाङ्का नेपाली भएको तथ्याङ्क छ ।

हाल भक्तपुर नगरपालिकामा बसोवास गरिरहेका अधिकाँश तामाङ समुदायका मानिसहरु यही कलाका माध्यमबाट मनग्य आमदानी पनि गरिरहेका छन् । भक्तपुर नगरपालिका वडा नं. २ व्यासीमा डेरागरी बस्ने अलेक्जा तामाङ दम्पतिले विगत ३ वर्षदेखि घरेलु व्यवसायका रुपमा यही थाङ्का चित्रकला अंगाल्दै आएका छन् । उनको परिवारले यो थाङ्का काठमाडौंको ठमेलमा बेचेर मासिक एक लाख देखि दुईलाख सम्म आमदानी गरिरहेका छन् ।

सिप सिकेर आफ्नो जन्मथलो काभ्रे र व्यासीमा थाङ्का पेसालाई निरन्तरता दिदँदै आएका छन् । आफेले तयार पारेको थाङ्का विशेषगरी चाइनामा विक्रि हुने गरेको अलेक्जा तामाङले बताए । नौ दश जनाले तयार पार्ने यो थाङ्का चित्रकलामा महिनाको मनग्य आमदानी हुने गरेको काभ्रेकै अनिता दोङले बताइन् उनले भनिन््, ‘आफुले बनाएको थाङ्का ८०, ९० हजारमा पर पिस बिक्रि हुने गर्छ ।’

आफुले तयार पारेको सामाग्री अनलाइन मार्फत आएको अडर तरार पारेर ठमेलमा लगेर विक्रि गर्ने गरेको सुनाइन् । ५ वर्ष देखि निरन्तर थाङ्का पेन्टिङ्गमा लागेकी उनले अहिले थाङ्काकामा सुन हाल्ने काम गर्छिन् । प्रविधिको प्रयोगले अहिले नेपालमा पनि अनलाइन बाट अडर आउने गरेको अनिताले सुनाइन् । कोरोना कहरले सृजना गरेको लकडाउनको समयमा पनि उनको व्यवसाय रोकिएन ।

अरुको चुलो कोरोना महामारीले नबलेको र कैयौं मानिस बेरोजगार भएको अवस्थामा उनले १०, १२ जनाले रोजगारी गरेको सुनाइन् । कैयौं कर्मचारीले समयमा तलब नपाउँदा आन्दोलनमा उत्रिए तर, आफूले सञ्चालन गरेको घरेलु व्यवसाय हुँदा कसैको दबाबमा रहेर काम गर्नुपर्ने अवस्था पनि आएन र बेरोजगारीको चपेटामा भौतारिएर छट्पटिनु पर्ने अवस्था आएन ।’

पछिल्लो समय थाङ्कामा प्रकृति तथा वातावरण जस्ता विषयवस्तुलाई पनि समेटिन थालेको छ । प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ । हरेक सामग्रीहरु अनलाईनका माध्यमबाट खरिद तथा बिक्री हुन थालेपछि यो थाङ्काको पनि अनलाइन बिक्रि गर्न थालिएको उनीहरु बताउँछन् । यदि अनलाईनका माध्यमबाट विश्व बजारसँग जोडिएर थाङ्का आफैंले बिक्री गर्न सके यसबाट अथाह आम्दानी गर्न सकिने अनिताको भनाइ छ ।

नेपालमा प्रविधिको अभाव तथा भाषागत ज्ञानको समस्या हुनु र नेपाली बजारमा थाङ्काको उचित मूल्य नआउनु थाङ्का व्यवसायको चुनौती रहेको उनको अनुभव छ । आफैंले भाषा नबुझ्दा बिचमा अर्को व्यक्ति राखेर सामग्री व्यापार गर्नु पर्ने भएकाले ठेकेदारले विभिन्न ठाउँमा तयार पार्न लगाउने गरेको र त्यही अनुसार उनीहरुले फाइदा लिने गरेको अनिताको अनुभव छ । सुन दलेर बनाइएको थाङ्का सुन जस्तै चम्किलो र महङ्गो हुने गर्दछ ।

सुन नदली बनाइएको थाङ्का सस्तो हुन्छ नै । परम्परागत धार्मिक विषयवस्तुलाई चित्रमा जस्ताको तस्तै उतारेर सात वटा चरण पार गरी थाङ्का बनाइने हुँदा एउटा थाङ्का बनाउन यति नै समय लाग्छ भन्ने यकिन गर्न नसकिने उनी बताउँछिन् । धेरै मानिसहरुलाई चित्र बनाउन रोजगारी पनि दिएको उनले बताइन् । उनको जस्तै अनुभव छ माया तामाङको । काभ्रे तेमालकी उनले अहिले थाङ्का सिक्न लागेको अनुभव सुनाइन् ।

सिप सिक्न जादा पैसा तिनु पर्ने तर आफुले सिक्दै पैसा कमाउदै गरेको सुनाइन् । मायाले यहाँ थाङ्का सिक्न लागेको ६ महिना मात्र भयो । एक पिस थाङ्कामा कलरिङ्ग गरेबापत उनले २ हजार लिने गर्छिन् । उनी भन्छिन्, ‘अन्य सिप सिक्न जाँदा पैसा तिरेर सिक्नु पर्छ । तर, थाङ्का सिक्दा उल्टै पैसा कमाउने गरेको मायाले बताइन् । हो सिप सिक्दा पनि पैसा कमाउने पेशाका रुपमा थाङ्कालाई लिइन्छ । हुनत, यो एक पौराणिक कथामा आधारित चित्रकला हो ।

यो बौद्ध धर्मसंग सम्बन्धित छ । पहिले पहिले बौद्धमार्गीहरुले मात्र यो व्यवसाय अंगालेको भएतापनि अहिले अन्य जातिहरूले आयआर्जनका रुपमा यो व्यवसाय अंगाल्दै आएका छन् । यसबाट मनग्य आम्दानी गर्न सक्ने भएकाले होला आयआर्जनका रुपमा सबै जाति धर्मले अगालिरहेका छन् । धार्मिक सहिष्णुतासंगै आयको प्रमुख स्रोतका रुपमा थाङ्का भएको तामाङहरु बताउँछन् ।

कक्षा नौ पढेर व्यवसाय रोजेकी मनिषा तामाङको पनि अनुभव कम छैन । खर्च चाहिए तुरुन्तै पाइने गरेको उनले सुनाइन् । एक पिस कलरिङ्ग गरेबापत दुई हजार पाउने गरेको मनिषाले बताइन् । नौ कक्षामा पढ्ने मनिषाले विदेश जानका लागि पढाइ छोड्नु परेको सुनाइन् । अहिले थाङ्कामा लागेपछि आमदानी भएपछि उनी कलरिङको काम गरिरहेकी छन् । सिप सिकेपछि सहजै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण हुन उनी ।

मनिषा जस्तै सपना र सन्ध्या मोक्तानको अनुभव पनि उस्तै छ । सात कक्षामा पढ्दा पढ्दै थाङ्का व्यवसाय सिक्न आएको उनले सुनाइन् । मासिक आम्दानी हुने गरेकाले यो पेशा रोजेको उनीहरुले सुनाइन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

कसरी तयार पार्न सकिन्छ थाङ्का ?
उनीहरुको अनुभवलाई आधार मान्दा एउटा पूर्ण थाङ्का चित्रकला तयार पार्न एक हप्तामा तयार गर्न सकिन्छ । हो अहिलेको विश्व यान्त्रिकतासँग जोडिएको छ । विश्वमा रहेका सामग्री यन्त्र तथा उपकरणहरुबाट मात्र बनाइन्छ तर, यस्ता हातद्वारा कोरिने चित्रकलाहरु भने संसारको तुलनामा कमै पाइन्छ । थाङ्काको मुख्य विशेषता भनेकै हातद्वारा बनाउनु हो ।

यही विशेषताका कारण पनि विदेशीहरुले थाङ्का चित्रकलालाई बढी रुचाउने गरेको पाइन्छ । यो व्यवसायमा लागेकाहरुले पनि विदेशीले धेरै रुचाउने गरेको बताए । थाङ्कामा विशेषगरी बुद्ध तथा भगवानका चित्र बनाइन्छ । जसलाई परम्परामा जस्तो थियो त्यस्तै चित्रमा उतार्नुपर्ने र त्यसलाई तोडमोड गर्न नपाइने हुँदा थाङ्का बनाउन कठिनाई रहेको अनुभव व्यवसायीको छ ।

कला र क्षमता भएका व्यक्तिलाई यो पेशा निकै फलदायी भएको उनीहरुको तर्क छ । तर नेपालीहरु प्रविधिमैत्री हुन नसक्नु र नेपाली बजारमा थाङ्काको उचित मूल्य नपाउनु मुख्य चुनौती छ । त्यसैले प्रविधिसँग जोडिएर विश्व बजारसम्म थाङ्का व्यवसायलाई जोड्नु आवश्यक छ । थाङ्का व्यवसायीहरूको प्रतिनिधित्व गर्ने यो एउटा सानो उदाहरण मात्र हो ।

थाङ्का व्यवसायको प्रवर्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्न आवश्यक छ । नेपालमा रोजगारी नपाएर खाडीमा भौतारिने युवा वर्गको ध्यान यसतर्फ आकर्षण गर्न सके युवालाई मात्र होइन अर्थतन्त्रमा राज्यलाई फाइदा हुने देखिन्छ । दिगो विकास र बेरोजगारीलाई अन्त्य गर्न नेपाली युवालाई यसतर्फ आकर्षित गर्न सके श्रमबजारमा समेत टेवा पु¥याउन सकिने छ । तर राज्यले यसतर्फ ध्यान दिन सकिरहेको छैन । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मनाङ भित्रिन थाले पर्यटक image

    मनाङ भित्रिन थाले पर्यटक

    मनाङ । करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ...

  • प्रदेश सांसदको सुविधामै साढे ३३ करोड खर्च image

    प्रदेश सांसदको सुविधामै साढे ३३ करोड खर्च

    कास्की । २०७४ मा निर्वाचित गण्डकी प्रदेशसभा सदस्यको ५ वर्षे कार्यकाल असोज १ बाट पूरा भएको छ । गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सांसदको सेवा सुविधामा मात्रै साढे ३३ करोड...

  • नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन image

    नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

    बागलुङ  । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च...

  • बैतडीमा कांग्रेस एक्लै चुनाव लडने् image

    बैतडीमा कांग्रेस एक्लै चुनाव लडने्

    काठमाडौं । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान लिएको छ। काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो । जनमतका आधारमा संघीय...

Panauti Word 1 Ryale

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi